पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकारले शैक्षिक क्षेत्रमा गरेको लगानीअनुरुप गुणस्तर आवश्यक भएको बताए ।
पोखरा महानगरपालिका–३३ तल्लो पूर्णीस्थित भुलभुला आधारभूत विद्यालयको ५६ औँ वार्षिकोत्सव, पुरस्कार वितरण तथा अभिभावक दिवसको आज उद्घाटनमा उहाँले शिक्षक, अभिभावक र विद्यार्थीको त्रिकोणात्मक प्रयासबाट शैक्षिक स्तर माथि उठाउनुपर्ने बताए ।
शैक्षिक क्षेत्रको विकासका लागि स्थानीय तहको महत्वपूर्ण भूमिका रहने बताउँदै उनले आवश्यक भौतिक संरचना निर्माणका लागि बजेट एवं दक्ष शिक्षकका लागि सङ्घीय र प्रदेश सरकारको सहयोग रहने बताए ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य तीव्ररुपमा भइरहेको बताउँदै मन्त्री अधिकारीले आगामी दुई वर्षको अवधिमा पोखराबाट सिधै विदेशमा उडान हुने विश्वास व्यक्त गरे ।
विमानस्थलको धावनमार्ग, ट्याक्सी पार्किङ निर्माणको अन्तिम चरण पुगेको पुग्नुका साथै हालसम्म २८ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको जानकारी दिँदै उनले विमानस्थल सञ्चालनमा आएसँगै यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने बताए ।
पोखरा महानगरपालिका–३३ का अध्यक्ष शिवप्रसाद आचार्यले खानेपानी र बाटो निर्माणसँगै व्यावसायिक कृषि एवं पशुपालनमा जोड दिँदै मुलुकको समृद्धि अभियानमा जुट्न स्थानीय बासिन्दालाई आग्रह गरे ।
प्रकाशित मिति : आइतबार, फाल्गुन १२ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्