नेकपा माओवादी केन्द्रले नेतालाई चार श्रेणीमा विभाजन गरी पुरस्कृत र कारबाही गर्ने

नेकपा माओवादी केन्द्रले नेतालाई चार श्रेणीमा विभाजन गरी पुरस्कृत र कारबाही गर्ने

काठमाडौँ, २९ माघ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार जारी पार्टीको केन्द्रीय समितिको पाँचौ पूर्ण बैठक लाई सम्बोधन गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाण्डौ – प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेता तथा कार्यकर्तालाई चार श्रेणीमा विभाजन गरी सम्मान र कारबाही गर्न निर्देशन दिनुभएको छ । दुई दिन चलेको केन्द्रीय समिति बैठकका निष्कर्ष सुनाउँदै अध्यक्ष प्रचण्डले चार महिने माओवादी विशेष रुपान्तरण अभियानमा खट्ने नेता तथा कार्यकर्ताको मूल्यांकन गरी प्रशंसा र कारबाही गर्नुपर्ने बताउनुभयो ।

 

उहाँले पार्टी अभियानमा पूरै खट्ने नेतालाई प्रशंसापत्र, आधा समय खट्नेलाई धन्यवादपत्र, बेलाबेला देखिएकालाई सचेतपत्र र कार्यक्षेत्रमा नखट्नेलाई कारबाहीपत्र दिन निर्देशन दिनुभएको हो । उहाँले अभियानमा नखट्ने नेताहरुको सूची कारबाहीका लागि पठाउन निर्देशन समेत दिनुभयो ।

 

अध्यक्ष प्रचण्डले चार महिने रुपान्तरण अभियान र अरु काममा पनि अखिल क्रान्तिकारी र योङ कम्युनिष्ट लिग (वाईसीएल) ले अपेक्षा गरेजस्तो काम गर्न नसकेको भन्दै नेतृत्व परिवर्तन गर्ने बताउनुभयो । यस्तै माओवादीको केन्द्रीय समिति बैठकले हिमाल, पहाड, तराई र मधेश प्रदेशमा विशेष अभियान चलाउने निर्णय पनि गरेको छ ।

 

भोलिदेखि शुरु हुने विधान अधिवेशन सकिएपछि अभियानको योजना बनाउने अध्यक्ष प्रचण्डले बताउनुभयो । यसअघि सञ्चालन गरेको चार महिने अभियान सफल भएको र अब अर्को अभियान चलाउने उहाँको भनाइ छ । बैठकमा अध्यक्ष प्रचण्डले जनयुद्ध मनाउने आफूहरुको नैसर्गिक अधिकार रहेको यसलाई कसैले रोक्न नसक्ने भन्दै भोलि देशभर दिवस मनाउने बताउनुभयो ।

प्रकाशित मिति : सोमबार, माघ २९ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij