हाटबजार व्यवसायीहरुको निःशुल्क स्वास्थ्य परीक्षण

हाटबजार व्यवसायीहरुको निःशुल्क स्वास्थ्य परीक्षण

बुटवल-रुपन्देहीका विभिन्न हाटबजारहरुमा व्यवसाय गर्ने व्यवसायीहरुको संस्था हाटबजार व्यवसायी संघ रुपन्देहीले आफ्ना व्यवसायी सदस्यहरुको लागि निः शुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।
बुटवलको अस्पताललाईनमा रहेको मेडिटेक ईन्टरनेशन हस्पिटल एण्ड रिसर्च सेन्टरको प्राविधिक सहयोगमा अस्पतालमै बिहान १० बजेदेखी साँझ ४ बजेसम्म बृहत निःशुल्क स्वास्थ्य शिविर  नै सञ्चालन गरेर व्यवसायीहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।
अस्पतालमा शिविर सुरु हुनु अघि आयोजित कार्यक्रममा बोल्दै हाटबजार व्यवसायी संघका संस्थापक अध्यक्ष तथा चितवन अस्पतालका अध्यक्ष बाबुराम पोखरेलले व्यवसायीहरुको लागि आफूले निकै योगदान गरेको भन्दै अहिले स्वास्थ्य क्षेत्रबाट सहकार्य गर्न तयार रहेको बताए ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहेका पोखरेलले आफू संस्थापक रहेको संस्थामा सदस्यहरुको सक्रियता राम्रो भएको र व्यवसायीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरेकोमा अस्पताललाई धन्यवाद व्यक्त गरें ।
कार्यक्रममा बोल्दै मेडिटेक ईन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष जेपी कंडेलले अस्पतालले सामाजिक उत्तरदायित्वका कामहरु नियमित गर्दै आईरहेको बताए । उनले अस्पतालले विभिन्न क्षेत्रमा स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै आएको उल्लेख गरे ।
कार्यक्रममा अस्पतालका हाडजोर्नी विशेषज्ञ चिकित्सक डा. गोपाल ज्ञवालीले स्वास्थ्यको पहुँच बढाउनको लागि यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गरे ।
कार्यक्रममा संघका अध्यक्ष हुमाराम पोखरेलले संघमा आबद्ध सदस्यहरुलाई सुविधा दिनको लागि आफ्नो नेतृत्वको सिंगो टिम नै लागिरहेको बताउँदै बृहत निःशुल्क स्वास्थ्य शिविर सहयोगप्रति चिकित्सक तथा अस्पताललाई धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रममा अस्पतालका प्रबन्ध निर्देशक गणेश ज्ञवालीले बोल्दै अस्पतालले व्यवसायीहरुको लागि स्वास्थ्य चेकजाँचसंगै ल्याब, एक्सरे र भिडियो एक्सरे निःशुल्क परीक्षण गरिएको बताए । संघका महासचिव जयन्त घर्तीले कार्यक्रम सञ्चालन गरेका थिए ।
बृहत निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा हाडजोर्नी रोग विशेषज्ञ  डा. गोपाल प्रसाद ज्ञवाली, फिजिसियन रोग विशेषज्ञ डा. ज्ञानहरि मरासिनी, महिला तथा प्रसुतिरोग विशेषज्ञ डा. विनिता सुवेदी, रेडियोलोजिष्ट डा. ज्ञानचन्द्र  पौडेललगायतका विशेषज्ञ डाक्टरहरुद्वारा १ सय ८० जना व्यवसायी सदस्यहरुले स्वास्थ्य चेकजाँच गराएका हुन् ।
सो अवसरमा संघ र अस्पताल बीच सम्झौता भएको छ । सम्झौता अनुसार संघका सदस्यहरु उपचारका लागि अस्पताल पुगेमा औषधि बाहेकका सेवामा ७ देखि २० प्रतिशत सम्म छुट  दिने सहमति भएको छ ।  सम्झौतापत्रमा संघका अध्यक्ष  हुमाराम पोखरेल र अस्पतालका प्रबन्ध निर्देशक गणेश ज्ञवालीले हस्ताक्षर गरेका थिए

प्रकाशित मिति : सोमबार, फाल्गुन २८ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij