प्राकृतिक जिवनशैलीका साथ योग चिकित्सा पद्धती अपनाऔं, निरोगी र दिर्घजीवी बनौं

प्राकृतिक जिवनशैलीका साथ योग चिकित्सा पद्धती अपनाऔं, निरोगी र दिर्घजीवी बनौं

बुटवल ।

प्राकृतिक जिवनशैलीका साथ योग चिकित्सा पद्धती अपनाऔं,
निरोगी र दिर्घजीवी बनौं भन्ने उद्घोषका रुपन्देहीको सैनामैना १ चारपालास्थित पदमपाणी योग तथा प्राकृतिक चिकित्सालयमा सप्ताहब्यापी रुपमा योगचिकित्सा जागरण कार्यक्रम शुरु भएको छ ।
“निरोगी बनौं, दिर्घजिवी बनौं, स्वच्छ प्राकृतिक जीवनशैली अवलम्बन गरौं”भन्ने मुल नाराका साथ रुपन्देहीको सैनामैना १ बनकट्टा स्थित प्राकृतिकचिकित्सालयमा योग चिकित्सा जागरण सप्ताह शुरु भएको हो । आगामी २८ गतेसम्म संचालन हुने सो योग चिकित्सा जागरण सप्ताहको उद्घाटन समारोहमा सहभागि
बक्ताहरुले प्राकृतिक जिवनशैलीका साथ योग चिकित्सा पद्धती अपनाई निरोगी र दिर्घजीवी बन्न सबैलाई आग्रह गरेका छन् ।
कार्यक्रमको उद्घाटन गर्दै सैनामैना नगरपालिका प्रमुख फणेन्द्र प्रसाद
शर्माले पछिल्लो समय परिवर्तित स्वभाव र आहार बिहारका कारण मानव जिवनशैलीबिकराल समस्याग्रस्त बन्दै गएकोमा चिन्ता ब्यक्त गर्दै योग ध्यान, आयाम,ब्यायाम, प्रणायमबाट जिवन सुखमय बन्ने बिश्वास ब्यक्त गरे । योग तथा प्राकृतिक चिकित्सा पद्धतीका सम्बन्धमा पदमपाणी योग तथा प्राकृतिकचिकित्सालयले पुराएको योगदानको चर्चा गर्दै नगर प्रमुख शर्माले यसकोबिकास र प्रबद्र्धनका लागि नगरपालिकाको तर्फबाट भरपुर सहयोग र सहकार्य
गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
कार्यक्रममा योग चिकित्सा जागरण अभियान तथा सहयात्रा राष्ट्रका लागि युवानेपालका संयोजक डा. निकोलस भुसालले अभियानमा सहभागि भै प्रयाप्त मात्रामास्वास्थ्य लाभ लिन सबैलाई आग्रह गर्दै धार्मिक, आध्यात्मिक र ज्ञानबिज्ञानको समिश्रण नै प्राकृतिक योग तथा चिकित्सा पद्धती भएको दावी गर्नुभयो । मन र मस्तिष्कलाई स्वच्छ र स्वच्छ राख्न प्राकृतिक चिकित्सा पद्धतीको भुमिका महत्वपुर्ण हुने डा. भुसालको भनाई थियो ।पदमपाणी योग तथा प्राकृतिक चिकित्सालयका अध्यक्ष कमलराज घिमिरेको
सभापतित्वमा सम्पन्न सो कार्यक्रममा बाल योगेश्वर बैष्णवानन्द, दिनमणीबस्याल, ध्रुवकुमार घिमिरे, चिन्तामणी शर्मा लगाएत बिभिन्न योग गुरु तथाबिद्धानहरुबाट योग, ध्यान, ज्ञान र बिज्ञानको प्रयोगबाट गरिने उपचारपद्धतीका बारेमा जानकारी गराइएको थियो । साथै बिभिन्न रोगहरुको उपचारकालागि अपनाउनु पर्ने आहार, बिहार, बिचार र प्रयोगका बारेमा समेत प्रष्टपार्दै जिवनमा सुख र समृद्धि प्राप्त गर्ने उपायहरुका बारेमा चर्चागरिएको थियो ।

प्रकाशित मिति : शनिबार, बैशाख २२ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij