रूपन्देहीको तिलाेत्तमा १ मा वाकाथन : नयाँ चपरहट्टी टाेलकी ५२ वर्षिय सम्पदिया थरूनी बनिन् विजेता

रूपन्देहीको तिलाेत्तमा १ मा वाकाथन : नयाँ चपरहट्टी टाेलकी ५२ वर्षिय सम्पदिया थरूनी बनिन् विजेता

तिलाेत्तमा-५० वर्ष माथिका महिलाहरूकाे छिटाे हिँडाई (वाकाथन) काे विजेता तिलाेत्तमा १ नयाँ चपरहट्टी टाेलकी ५२ वर्षिय सम्पदिया थरूनी बनेकी छन् । रूपन्देहीको तिलाेत्तमा १ वडा कार्यालयकाे अायाेजनामा भएकाे प्रतियोगितामा सम्पदियाले ६३ जना महिलाहरूलाई पछि पार्दै नगद रू ५ हजार र प्रमाणपत्र प्राप्त गरेकी हुन् ।
त्यस्तै नमुना टोलकी ५६ वर्षिय विष्णु कुमारी पाध्य दाेस्राे बन्दै रू ३ हजार प्राप्त गरेकी छन् भने नमुना टाेलकै ५२ वर्षिय कमला कुमारी बस्याल पाण्डेले तेस्रो बन्दै गर्दै रू २ हजार प्राप्त गरेकी हुन् । प्रतियोगितामा १० अाैँ स्थानसम्मका प्रतिष्पर्धीलाई प्रमाणपत्र प्रदान गरिएकाे थियाे ।

वडा नम्बर १ का १९ वटै टाेल विकासका ६३ जना ५० वर्षमाथिका महिलाहरूकाे सहभागिता रहेकाे थियो । ३ किलोमिटरकाे साे हिँडाईमा सहभागी ८० वर्षकी वृद्ध श्यामकला नेपाललाई प्रमाणपत्रले सम्मान गरिएको थियाे ।
प्रमुख अतिथि वडा नम्बर १ का अध्यक्ष फर्सुराम गिरीले वडाले भाैतिक विकासँगै मानवीय विकासलाई जाेड दिएकाे बताए । उनले वडामा रहेका बालबालिकादेखि हरेक उमेर समुदायका नागरिकलाई समेटेर काम गरिरहेकाे बताउँदै त्यसका लागि अावश्यक सीपमूलकसँगै ज्ञानमूलक तालिमहरू दिइरहेको बताए । उनले महिलाले केही गर्नैपर्ने भन्दै पछिल्लो साय महिलाका लागि विभिन्न कार्यक्रम गरिएको बताए ।
वडा सदस्य गीतादेवी न्याैपानेले हरेक काममा सबै टाेललाई समेटेरै काम गरेकाे बताइन् । वडा सदस्य
मिलन रानाले याे प्रतियोगिता नेपालमा बिरलै हुने भएकाे बताए । त्यस्तै अर्का वडा सदस्य विष्णुप्रसाद पाण्डेले वडाले नयाँ र फरक साेँचका साथ काम गर्ने गरेकाे बताए । कार्यक्रम वडा नम्बर १ टाेल सञ्जालका अध्यक्ष डिल्लीराज कडेललगायतले बाेलेका थिए । संयाेजक मिलन रानाकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सञ्चालन सचिव हेमलाल न्याैपानेले गरेका थिए ।

प्रकाशित मिति : शनिबार, बैशाख २९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij