न्यू संगम आमा समूह तिलोत्तमाको नेतृत्वमा मेनुका तिवारी

न्यू संगम आमा समूह तिलोत्तमाको नेतृत्वमा मेनुका तिवारी

तिलोत्तमा -न्यू संगम आमा समूह तिलोत्तमा १ रूपन्देहीको चौथो साधारणसभा तथा तेस्रो अधिवेशन नयाँ नेतृत्व गर्दै सम्पन्न भएको छ । जसको अध्यक्षमा मेनुका तिवारी चयन भएकी छन् । ९ सदस्यीय समितिको उपाध्यक्षमा चन्द्रकला कडेल , सचिवमा सरिता कडेल , कोषाध्यक्ष बालिका कडेल चयन भएको निर्वाचन समिति संयोजक उमापति न्यौपानेले बताए । त्यसैगरी सदस्यहरूमा पवित्रा भण्डारी , लक्ष्मी कडेल , निर्मला पाण्डे , सुनिता ढकाल र लिला भण्डारी चयन भएका छन् ।

प्रमुख अतिथि गीतादेवी न्यौपानेले महिलाहरू घर बस्ने समय नभएको बताइन् । उनले कसैले पनि आमा समूहलाई हेयको दृष्टिकोणले नहेर्न आग्रह गर्दै जुनसुकै सहयोगका लागि प्रतिवद्ध रहेको बताइन् ।

विशिष्ट अतिथि वडा सदस्य मिलन रानाले विभिन्न व्यवस्था परिवर्तनमा महिलाको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले सामाजिक विकृतिको विरूद्ध आमा समूह रहेको औल्याउँदै चूलोचौकोमै सिमित महिला हाल विभिन्न तहमा रहेको बताए । उनले महिला सशक्तीकरणको लागि वडाले महिलालक्षित कार्यक्रममा जोड दिएको बताए । कार्यक्रममा १ नम्बर वडा सञ्जाल अध्यक्ष डिल्लीराज कडेल , शंकरप्रसाद कडेललगायतले बोलेका थिए समूहले समूहभित्रका १० जना जेयष्ठ नागरिकलाई सम्मानसमेत गरेको छ ।

प्रकाशित मिति : शनिबार, बैशाख २९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij