तिलोत्तमा -रूपन्देहीको तिलाेत्तमामा डिके तामाङ मेमोरिएल सभेन ए साइड फुटबल प्रतियोगिताकाे उपाधि साेल्टी युनाइटेडले जितेको छ । जितसँगै साेल्टीले नगद २० हजार पुरस्कारसहित कप , मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ । प्रतियोगितामा देवीनगर युथ क्लव डिवाईसी उपविजेता बन्दै रू १५ हजार नगदसहित कप , मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ । सिद्धार्थ इङलिस बाेडिङ स्कूल तिलाेत्तमा ४ रूपन्देहीको अायाेजनामा भएकाे प्रतियोगितामा एसईई दिएर बसेका विद्यार्थीहरुकाे १६ वटा समूहकाे सहभागिता रहेकाे थियाे ।
यस्तै साेल्टी युनाइटेडकै शिव खनाल उत्कृष्ट खेलाडी बन्दै रू ५००० हजार प्राप्त गरेका छन् भने सर्वाधिक गाेलकर्ता बन्दै शिवले नै रू २५०० प्राप्त गरेका छन् । नेपाल एथलेटिक्स एसोसिएसनका केन्द्रीय कोषाध्यक्ष मोहन घलेले उत्कृष्ट खेलाडीकाे पुरस्कार प्रायाेजन गरेका थिए ।
प्रतियोगितामा राइजिङ ११ का अंकित भण्डारी पनि सर्वाधिक गाेलकर्ता बन्दै रू २५०० प्राप्त गरेका छन् । साे पुरस्कार विद्यालयका भूपू विद्यार्थी पुरभ साेमरेले प्रायाेजन गरेका थिए । त्यस्तै साेल्टी युनाइटेडकै दिशान्त दर्लामी उत्कृष्ट किपर बनेका छन् । प्रतियोगितामा मायाकाे चिनाे , किपर ग्लाेब्स भूपू विद्यार्थी विशाल थापाले प्रायाेजन गरेका थिए ।
तत्कालिन सञ्चालक समिति सदस्य तामाङको स्मृतिमा एसईई दिएर बसेका विद्यार्थीहरुबीच फुटबल प्रतियोगिता आयोजना गरिएको हो । सिद्धार्थ बोर्डिङका प्रवन्ध निर्देशक बाबुराम खनाल, प्राचार्य यमबहादुर राना , सह प्राचार्य रमेश प्रसाद बस्याल, सञ्चालक समिति सदस्य टुकबहादुर क्षेत्री , स्वर्गीय डिके तामाङकी श्रीमती निर्मला गुरुङ लगायतले पुरस्कार प्रदान गरेकाे खेल संयाेजक शिक्षक मेघराज भट्टराईले बताए ।
प्रतियोगितामा रुपन्देही , पाल्पा, कपिलवस्तु, नवलपरासी लगायतका जिल्लाहरुबाट १६ वटा समूहको सहभागिता रहेको कार्यक्रम संयोजक निर्मल थापाले जानकारी दिए । विद्यार्थीले एसईई परीक्षामा पाउने प्रवेशपत्रलाई आधार मानी छनाैट भएका खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाएका हुन्।
सिद्धार्थ बोर्डिङले हरेक वर्ष तामाङको स्मृतिमा प्रतियोगिताहरु गर्दै आएको छ । यस वर्ष एसईई लिएर बसेका विद्यार्थीलाई जोड्ने गरी फुटबल प्रतियोगिताको आयोजना गरिएको विद्यालयले जनाएको छ । यस विद्यालयबाट यस वर्ष १३३ जना विद्यार्थी एसईईमा सहभागी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्