JanataToday.com

Advertisment

SKIP THIS

क्यानले क्रिकेटर लामिछानेमाथिको निलम्बन फुकुवा गर्‍याे

क्यानले क्रिकेटर लामिछानेमाथिको निलम्बन फुकुवा गर्‍याे

काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेमाथि लगाएको निलम्बन फुकुवा गरेको छ। आज उच्च अदालत पाटनले उनी विरुद्धको बलात्कार मुद्दामा सफाइ दिएपछि क्यानले उनीमाथि लागेको निलम्बन फुकुवा गरेको हो।

 

 

उच्चको फैसला लगत्तै घरेलु तथा अन्तरराष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जारी गरेको विज्ञप्ति भनिएको छ, ‘सम्मानित उच्च अदालत पाटनको मिति २०८० जेठ २ को फैसला बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएको हुँदा सन्दीप लामिछानेलाई घरेलु तथा अन्तरराष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउँदछौँ।’

 

प्रकाशित मिति : बुधबार, जेष्ठ २ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij