बुटवल उपमहानगरपालिका ३ मा सञ्चालित ह्याप्पीनेश कार्यक्रम सम्पन्न

बुटवल उपमहानगरपालिका ३ मा सञ्चालित ह्याप्पीनेश कार्यक्रम सम्पन्न

बुटवल -बुटवल उपमहानगरपालिका ३ मा सञ्चालित ह्याप्पीनेश कार्यक्रम शनिबार सकिएकाे छ । बुटवल लेडी जेसिज वर्ष २४ काे अायाेजनामा अाइतबारबाट सुरु भएकाे ५ दिने कार्यक्रम शनिबार सकिएको हाे ।

बुटवल ३ मा रहेकाे कृष्ण प्रणामी सेन्टरमा द अार्ट अफ लिभिङ बुटवलकाे सहयाेगमा भएकाे कार्यक्रममा हरेक दिन बिहान ५ बजेदेखि ८ बजेसम्म याेग र प्रणायामका अभ्यासहरू भएका थिए ।

अहिलेकाे व्यस्त समयमा मानिसले अाफ्नाेलागि पनि केही समय दिनुपर्ने भन्दै यस कार्यक्रम गरिएको वर्ष २४ का अध्यक्ष संगीता ढकालले बताइन् । सन १९९६ मा स्थापना भएकाे संस्था सामाजिक सेवामा समर्पित हुँदै अाइरहेकाे छ । बुटवल लेडी जेसिजले हरेक महिना समयअनुसारका विभिन्न रचनात्मक र सृजनात्मक कार्यक्रमहरू गर्दै अाइरहेकाे छ ।

कार्यक्रममा १८ वर्षभन्दा माथिका महिला पुरूष सहभागी भएकाे कार्यक्रम संयाेजक पुनम पन्तले जानकारी दिइन् ।  कार्यक्रममा पूर्व अध्यक्ष तथा खेम अाेमी पुन कल्याणकारी प्रतिष्ठानका अध्यक्ष जेसी अाेमी पुन , दीप बाेर्डिङका प्राचार्य टीकाराम न्याैपाने , वडा नम्बर ३ का वडा सदस्य हरि नारायण मिश्रा , उज्ज्वल कसजु , सहजकर्ता भारती जाेशी , बुटवल जेसिजका पूर्व अध्यक्ष विद्या जाेशीलगायतकाे सहभागिता रहेकाे थियाे । खुसी हुनकाे लागि योग , ध्यान , साधना र सतसंगबाट सम्भव हुने हुँदा अन्तिम दिन ध्यानसम्बन्धि सचेतना कार्यक्रम गरिएकाे महासचिव रूपा श्रेष्ठले बताइन् ।

प्रकाशित मिति : शनिबार, जेष्ठ ५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij