बुटवल -बुटवल उपमहानगरपालिका १ मा रहेकाे पद्म चैत्य विहारमा पक्षघातसम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएकाे छ । अाउँदै गरेकाे बुद्ध जयन्तीको अवसरमा अाइतबार नेपाल पक्षघात संघ अञ्चलपुर भैरहवाकाे सहयोगमा कार्यक्रम भएकाे हाे । दिनानुदिन पक्षघातका बिरामीहरू बढिरहेकाे अवस्थामा यसबाट जाेगिनका लागि जनचेतनामूलक कार्यक्रम गरिएकाे विहारका अध्यक्ष सुरेशरत्न बज्राचार्यले बताए ।
संघका ल्यावराेटरी चिफ गाेकर्ण गाैतमले पक्षघात भनेकाे मष्तिष्क राेग भएकाले यसबाट बच्न समयमै विशेष सावधानी अपनाउन अाग्रह गरे । उनले हस्पिटलभन्दा पनि कुन डाक्टरसँग जाँदा उचित हुन्छ भन्ने बारेमा राम्रो ज्ञान हुन जरुरी रहेकाे बताए । ४० वर्षमाथिका उमेरसमूहका मानिसलाई पक्षघाात हुने बढी सम्भावना भएकाले याे उमेर समूहका व्यक्तिहरू बढी सचेत हुनु पर्ने उनले जाेड दिए ।
नेपाल पक्षघात संघका सदस्य अास्मा पन्थले हरेक चारजनामध्ये एक जनामा याे राेग लाग्ने बताइन् । उनले पक्षघात मृत्युको दाेस्राे कारण र शारीरिक अशक्तताकाे तेस्रो कारण याे राेग भएकाले खानपानदेखि जीवनशैलीमा परिवर्तन गर्न जरुरी रहेकाे बताइन् । उनले पक्षघातका बिरामीले समयमा उपचार गरेमा पहिलेकै अवस्थामा अाउन सक्ने बताउँदै उनले याे राेग लाग्दा हातखुट्टा लुलाे हुने , मुख बाङ्गाे हुने , अाँखाकाे ज्याेति गुम्ने , बाेली लरबराउने , एक साइड नचल्नेजस्ता लक्षणहरू हुने भएकाले पक्षघात भएकाे चार घण्टाभित्रमा उपचार गराइहाल्नुपर्ने बताइन् । चार घण्टाभित्रमा उपचार गराएमा बिरामी पहिलेकै अवस्थामा अाउन सक्छन् ।
फिजियाेथेरापिष्ट मुस्कान रानाले पक्षघात अचानक हुने बताउँदै अाैषधिले मात्र पूर्णरूपमा निकाे नहुने बताइन् । उनले पूर्णरूपमा पक्षघात निकाे हुन फिजियाेथेरापी जरूरी रहेकाे बताउँदै पक्षघात भएका बिरामीले १ देखि ३ महिनाभित्रमा फिजियाेथेरापी गर्न अाग्रह गरिन् ।
कार्यक्रममा भन्ते कविन्दाे स्थवीर , अनागारिका गुरूमा शान्तिवति , कुण्डला , चागा गुरूमा , प्रमुख सल्लाहकार गाेविन्दराज शाक्यलगायतको उपस्थिति रहेकाे थियाे ।
महासचिव दीपक बहादुर शाक्यले सञ्चालन गरेकाे कार्यक्रमकाे समापन विहारका वरिष्ठ उपाध्यक्ष पदमलाल शाक्यले गरेका थिए ।
भने अाज साँझ ६ बजे पूर्ण चैत्य विहारबाट सुरू भै पद्म चैत्य विहारसम्म शान्ति दीप पदयात्रा गरिएकाे बाैद्ध महिला संघले जनाएको छ ।
यसैगरी भाेलि ७ गते साेमबार बिहान विहार परिसरमा रक्तदान कार्यक्रम हुने बाैद्ध युवा ज्ञानमाला संघ बुटवलले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, जेष्ठ ६ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्