काठमाडौं – प्रतिनिधि सभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोधपछि बैठक १३ गतेसम्मका लागि स्थगित भएको छ। शुक्रबार बैठक सुरु हुनेबित्तिकै कांग्रेसका सांसदहरूले उठेर अवरोध गरेका थिए।
सभामुख देवराज घिमिरेले सांसदहरूलाई बसेर बैठक चलाउन सहयोगका लागि पटक पटक विशेष अनुरोध गरे पनि उनीहरूले अवरोधलाई जारी राखे। त्यसपछि सभाभुख घिमिरेले आजको सम्पूर्ण कार्यसूची हटाई अर्को बैठक आइतबार जेठ १३ गतेका लागि बस्ने गरी स्थगित गरे।
आजको बैठकमा नीति तथा कार्यक्रम पारित गर्ने तयारी थियो। प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको रकम हिनामिनामा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको आरोप लगाउँदै उनको नाम किटानीका साथ कार्यादेश बनाउनुपर्ने मागसहित सदनमा अवरोध गर्दै आएको छ।
प्रकाशित मिति : शुक्रबार, जेष्ठ ११ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्