बाेलीकाे विकासका लागि बुटवलमा प्रभावकारी भाषण कला तालिम सम्पन्न भएको छ । बुटवल लेडी जेसिज वर्ष २४ काे अायाेजनामा शनिबार तालिम सम्पन्न भएको हाे ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष , बुटवल जेसिजका पूर्व अध्यक्ष जेसिअाई सिनेटर अनुपमान सैँजुले जेसिज सामाजिक सेवामा समर्पित संस्था भएको बताए । उनले जेसिज सामाजिकसँगै हरेक व्यक्तिको प्रतिभा प्रष्फुटन गराउने माध्यम भएकाे बताउँदै हरेक सदस्यले अार्थिक पक्षलाई बलियाे बनाउनु पर्ने बताए ।
प्रशिक्षक रमेश अर्यालले जेसिजमा व्यक्तित्व विकासकाे साथै अार्थिक विकास पनि गर्न जरूरी रहेकाे बताए । उनले अघि बढ्नका लागि लगानी गरिसकेपछि सर्वप्रथम प्रतिफल पनि पाउनै पर्ने बताए । सिद्धार्थ लेडी जेसिज , शुद्धाेधन जेसिज , रामग्राम लेडी जेसिज , सुनवल जेसिजकाे समन्वयमा कार्यक्रम भएकाे थियो ।
कार्यक्रममा पूर्व अध्यक्ष तिला पाण्डे , शुद्धाेधन लेडी जेसिजका अध्यक्ष रूपा पराजुली , सिद्धार्थ लेडीका अध्यक्ष किस्ना तिवारी , पूर्व अध्यक्षहरू राधिका पाेखरेल , अनुपमा श्रेष्ठ , कमला लम्साललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा स्वागत गर्दै बुटवल लेडी जेसिज वर्ष २४ का अध्यक्ष संगीता ढकालले व्यक्तित्व र नेतृत्व विकास गर्नका लागि संयुक्तरूपमा तालिम गरिएको बताइन् ।
बिनुदेवी रिजालले अास्था पाठ गरेकाे कार्यक्रममा मिसन र भिजन अपूर्वा खनालले प्रस्तुत गरेकी थिइन् ।
महासचिव रूपा श्रेष्ठले सञ्चालन गरेकाे कार्यक्रममा रामग्राम लेडी जेसिजमा अध्यक्ष विनिता खड्काले धन्यवाद व्यक्त गरेकी थिइन् ।
प्रकाशित मिति : आइतबार, जेष्ठ १३ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्