छानबिन समिति गठनको कार्यादेश टुंग्याउन आज शीर्ष नेताको बैठक

छानबिन समिति गठनको कार्यादेश टुंग्याउन आज शीर्ष नेताको बैठक

;+;b ;~rfng;DaGwL a}7s sf7df8f}F,@$ c;f/M k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú g]sf ;efklt tyf k"j{ k|wfgdGqL z]/axfb'/ b]pjf / g]skf -Pdfn]_ sf cWoIf s]kL zdf{ cf]nL cfOtaf/ l;+xb/af/df ;+;b ;~rfng ug]{ ljifodf a;]sf] a}7s . tl:a/M k|bLk/fh jGt÷/f;;

काठमाडौं : सहकारी संस्थाको रकम हिनामिनाको अनुसन्धान गर्न संसदीय छानबिन समिति गठनको कार्यादेश र क्षेत्राधिकारमा सहमति जुटाउन सोमबार शीर्ष नेताको बैठक बस्दैछ। आइतबार बिहान बस्ने तय भएको बैठक सोमबारलाई सारिएको हो।

 

 

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले कार्यदलमा भएका सहमति र टुंग्याउन बाँकी विषयमा छलफल गर्न सोमबार बिहान बालुवाटारमा बैठक बस्न लागेको हो। बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेता सहभागी हुनेछन्।

यसअघि शनिबार बसेको कार्यदलको बैठकमा ऋण दिने सहकारी संस्था र ऋण लिने कम्पनीको नाम उल्लेख गर्ने सहमति भएको थियो। नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले शीर्ष नेतासँग बसेर कार्यादेश टुङ्ग्याउन भएको समझदारीअनुरूप बैठक बस्न लागेको जानकाी दिए।

कांग्रेसले गोरखा मिडिया नेटवर्कमा लगानी गर्ने सहकारीको नाम तोक्ने तथा नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक तथा गृहमन्त्री रवि लामिछानेको नाम तोकेरै संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राखेको थियो। सत्तापक्षले नाम राख्न नहुने अडान लिएपछि संसदीय छानबिन समिति गठन प्रक्रिया अवरुद्ध छ।

प्रकाशित मिति : सोमबार, जेष्ठ १४ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij