बुटवलमा १ महिने निःशुल्क सिलाईकटाई तालिम सुरु

बुटवलमा १ महिने निःशुल्क सिलाईकटाई तालिम सुरु

बुटवल- बुटवलमा एक महिने निःशुल्क सिलाईकटाई तालिम सुरु भएको छ । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ बटवलले बुटवल उपमहानगरपालिकाको सहकार्यमा बुटवल – ६ सुन्दरनगरस्थित परियार सेवा समाज रुपन्देहीको भवनमा सोमबारदेखि तालिम सञ्चालन गरेको हो ।
तालिमको उद्घाटन गदैं नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष रामकुमार रणपालले बोल्दै  परियारहरुले मात्रै गर्ने परम्परागत सिलाई पेशा आधुनिक जीवनमा सबै समुदायले अंगाल्दै आएकोले यो व्यवसाय आत्मनिर्भर बन्ने राम्रो माध्यम बनेको बताए । उनले तालिममा सहभागी महिलााहरुलाई  सीप सिकेर स्वरोजगार बन्न सुझाव दिए । निःशुल्क रुपमा सीप सिक्ने अवसरको सदुपयोग गर्दै आयआर्जनको बाटो बनाउनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा बोल्दै बुटवल – ६ का वडा ध्यक्ष लोकनाथ न्यौपानेले सीपले व्यक्तिलाई सक्षम बनाउने धारणा राखे । व्यवसायिक रुपमा व्यवसाय सञ्चालन गरी अर्थाेपार्जन गर्ने हिसाबमा सीप सिक्न उनले सहभागीहरुलाई आग्रह गर्दै वडाले आवश्यक सहयोग गर्ने आश्वासन पनि दिए । सीप सिकेर स्वरोजगार बनेमा आर्थिक रुपमा सबल भएपछि नेतृत्व विकास हुने र घरेलु हिंसा एंव सामाजिक विभेदको पनि अन्त्य हुने पनि उनले बताए ।
देशमा बढ्दै गएको बेरोजगारीलाई कम गर्न तथा महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले निःशुल्क सिलाईकटाई तालिम सुरु गरिएको नेपाल कपडा तथा सिलाई व्यवसायी संघ बुटवल उपमहानगरपालिकाका अध्यक्ष राजेन्द्रप्रसाद यादवले बताए । महिलाहरुले सीप सिकेर आयआर्जन गर्न थालेमा महिला हिंसा जस्ता सामाजिक विकृति पनि अन्त्य हुने उनको विश्वास छ । झारा टार्ने हिसाबले नभई सहभागीहरुलाई दक्ष बनाउने गरी तालिम सञ्चालन हुने अध्यक्ष यादवले बताए । आगामी दिनमा आवश्यकता र माग अनुसार एड्भान्स तालिम सञ्चालन गर्ने योजना बनाएको उनले बताए ।
यस्तगरी कार्यक्रममा परियार सेवा समाज रुपन्देहीका अध्यक्ष लोक बहादुर नेपालीले सिप सिकेर खेर नजाने बताउँदै यो तालिमले दक्ष कालिगढ बन्न सहयोग गर्ने विस्वास व्यक्त गरे । उनले सफलताले खोज्दै नआउने बताउदैं आफुले मेहनत गरे सफल हुन सकिने बताए । उनले तालिम लिएर भोलिका दिनमा व्यवसायमा जोडिन आग्रह गरे । कार्यक्रममा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रुपन्देही जिल्ला उपाध्यक्ष  सन्दिप बुढापृथी, महासचिव मधुमाया सेन, कोषाध्यक्ष तथा फेसन डिजाइनर मनु थापा, संघका जिल्ला उपाध्यक्ष तुलसीबहादुर भण्डारी, बुटवल उपमहानगरपालिकाका कार्यपालिका सदस्यहरु यमबहादुर सुनार, सुनिता खड्लुकलगायतले बोल्दै आत्मनिर्भर बन्न तथा समाजमा आफ्नो फरक पहिचान बनाउनका लागि पनि सीप सिक्न जरुरी रहेको बताए । एक महिनासम्म सञ्चालन हुने तालिममा सिटिइभिटीबाट मान्यता प्राप्त प्रशिक्षक देवी थापाले प्रशिक्षण दिनेछिन् । तालिममा ३५ जना महिलारुको सहभागिता रहेको छ । संघका बुटवल नगर सदस्य शुुसिल दिसामगरको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन बुटवल नगर   सचिव अनिल छिनालले गरेका थिए ।

प्रकाशित मिति : सोमबार, जेष्ठ १४ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij