सामुदायिक विद्यालयका विद्यार्थीहरूकाे अन्वेषण तथा उद्यमशील कार्यक्रम सम्पन्न

सामुदायिक विद्यालयका विद्यार्थीहरूकाे अन्वेषण तथा उद्यमशील कार्यक्रम सम्पन्न

तिलाेत्तमा -रूपन्देहीको तिलाेत्तमा नगरपालिकामा सामुदायिक विद्यालयका विद्यार्थीहरूकाे अन्वेषण तथा उद्यमशील कार्यक्रम सम्पन्न भएकाे छ । शनिबार तिलाेत्तमा नगरपालिकाभित्रका सामुदायिक र केही संस्थागत विद्यालयका विद्यार्थीहरूकाे सहभागितामा कार्यक्रम गरिएको हाे ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले कुनैपनि काम फरक तरिकाले गर्न जरुरी रहेकाे बताए । उनले याे समय प्रतिष्पर्धाकाे समय भएकाले पुरानाे साेँच र शैलीलाई हटाएर नयाँ तरिकाले काम गरेमा हरेक काम प्रभावकारी हुने र प्रतिफल दिने बताए । अर्यालले अागामी दिनमा यसता कार्यक्रमका कमी कमजोरीलाई सुधार गर्दै अझै उत्कृष्ट तरिकाले गर्ने बताए । तिलाेत्तमा शिक्षामा पनि अगाडि छ भन्नका लागि याे कार्यक्रम गरिएको बताए । नगरपालिकाभित्रका उत्पादित सामानलाई नगरले नै बजारीकरणकाे व्यवस्था गर्नेसमेत बताए ।

कार्यपालिका सदस्य रवि सेन्चुरीले तिलाेत्तमाका विद्यार्थी विश्वका जुनसुकै ठाउँमा गएर प्रतिष्पर्धा गर्न सकुन भन्ने उदेश्यले यस्तो कार्यक्रम गरिएकाे बताए । उनले उद्यमी बन्नका लागि साना साना कामबाटै सफल बनिने बताउँदै

मावि र अाधारभूत तहका विद्यार्थीबिच प्रतिष्पर्धा गराएकाे बताए ।

कार्यक्रममा विद्यार्थीहरूले विज्ञानसँग सम्बन्धित विभिन्न प्राेजेक्टहरू , संस्कृत र धार्मिक विषयसँग सम्बन्धित विभिन्न सामग्रीहरूकाे बारेमा जानकारी साथै प्रदर्शन गरेका थिए ।

शिक्षा शाखा प्रमुख गंगाराम अाचार्यकाे अध्यक्षता रहेकाे कार्यक्रममा कार्यपालिका सदस्य रवि सेन्चुरीले कार्यक्रमका बारेमा प्रकाश पार्दै स्वागत गरेका थिए । शिक्षा शाखाका शारदा भट्टराईले सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।
माध्यमिक तहअन्तर्गत जनता मावि प्रथम भएकाे छ भने
शान्ति नमुना मावि दाेस्राे र जनभावना मावि तेस्राे भएकाे छ । त्यस्तै अाधारभूत तह अन्तर्गत शान्ति नमुना मावि प्रथम , विश्वशान्ति अाधारधरभूत विद्यालय दाेस्राे र
बालकल्याण अाधारभूत विद्यालय तेस्राे भएकाे कार्यपालिका सदस्य रवि सेन्चुरीले बताए ।

प्रकाशित मिति : शनिबार, जेष्ठ १९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij