हिमांशु बुटिक एण्ड ट्रेनिङ सेन्टरद्धारा स्पेसल र डिप्लोमा तहका विद्यार्थीलाई दीक्षित

हिमांशु बुटिक एण्ड ट्रेनिङ सेन्टरद्धारा स्पेसल र डिप्लोमा तहका विद्यार्थीलाई दीक्षित

बुटवल -रूपन्देहीको बुटवल उपमहानगरपालिका ४ स्थित हिमांशु बुटिक एण्ड ट्रेनिङ सेन्टरले स्पेसल र डिप्लोमा तहका विद्यार्थीलाई दीक्षित गरेकाे छ । मंगलबार एक कार्यक्रमका बिच तिलाेत्तमाकाे मणिग्राममा रहेको ९ जना विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरी दीक्षित गरिएको हाे । विगत १५ वर्षदेखि बुटिकसँगै ट्रेनिङ दिँदै अाएकाे साे सेन्टरमा रूपन्देहीसँगै दाङ , स्याङ्जा , कपिलवस्तु , झापालगायत विभिन्न जिल्लाबाट विद्यार्थीहरू तालिमका लागि अाउने गरेकाे सेन्टरका अध्यक्ष हिरा पेग्नीले बताइन् । काेभिडपछि हालसम्म करिब १०० जना विद्यार्थीलाई तालिम प्रदान गरिएको अध्यक्ष पेग्नीकाे भनाइ छ । दीक्षित कार्यक्रममा विद्यार्थीहरूले बेहुली पोशाकको डिजाईनकाे प्रस्तुति दिएका थिए  भने तालिम लिँदै गरेका विद्यार्थी ले बेबी सावरको डिजाईन प्रस्तुत गरेर प्रतिष्पर्धा गरेका थिए । जसमा गिता सारू विजेता बनेकी छन् । ममता चाैधरी दाेस्राे भएकी छन् भने मनिशा चाैहान मगर तेस्रो बन्न सफल भएकी छन् ।  ऊक्त कार्यक्रममा प्राेफेनल माेडल एलिना चाैहान , सन्ध्या मल्ल र स्थानीय माेडलहरूकाे सहभागिता रहेकाे थियो भने ब्युटिसियनमा माया कडेल , अायुशा श्रेष्ठ र लक्ष्मी बाह्रघरे , मेकअपमा र क्यामेरामा कुश कुमार थापाले साथ दिएका थिए ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ ३१ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij