JanataToday.com

Advertisment

SKIP THIS

सातैजनाको शव शिक्षण अस्पतालमा, पहिचान नभए डीएनए परीक्षण गरिने

सातैजनाको शव शिक्षण अस्पतालमा, पहिचान नभए डीएनए परीक्षण गरिने

काठमाडौँ – ताप्लेजुङको सिस्नेभीरमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सातैजनाको शव अस्पताल ल्याइएको छ ।

मन्त्री अधिकारीसहित सातैजनाको शव पोष्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल ल्याइएको हो । सेनाको हेलिकप्टरले ताप्लेजुङको सुकेटार विमानस्थलबाट त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याएपछि त्यहाँबाट त्रिवि अस्पताल ल्याइएको हो ।

शवको पहिचानका लागि डिएनए परीक्षण पनि गर्न पर्ने अवस्था आउन सक्ने डाक्टरले बताएका छन् । पोष्टमार्टमका लागि त्रिवि अस्पतालमा चिकित्सकहरु तयारी अवस्थामा छन् ।

सबै शवको पोष्टमार्टम तथा पहिचानका लागि डिएनए परीक्षण गर्नका लागि १० देखि १५ घण्टा लाग्ने शिक्षण अस्पतालको फरेन्सिक मेडिसिन विभागका निमित्त प्रमुख डा. रिजेन श्रेष्ठले जानकारी दिए ।

डा. श्रेष्ठको नेतृत्वमा डा. युगेन डोल्मा, डा. मनि महर्जन, डा. हरिहर ओस्तीसहित अस्पतालका ९ जना अवासिय चिकित्सक, तीन जना डेन्टल चिकित्सक तयारी अवस्थामा छन् । औँलाको छाप र डिएनएका लागि केन्द्रिय प्रहरी प्रयोगशालाको समूह तयार रहेको छ ।

सिस्नेभीरमा भएको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीसहित नागरिक उड्डयन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्र श्रेष्ठ, उपसचिव युवराज दाहाल, पर्यटन व्यवसायी तथा यती एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया, पाइलट प्रभाकर केसी र सुरक्षाकर्मी अर्जुन घिमिरेको निधन भएको हो ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन १६ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij