रुपन्देही सुनचाँदी व्यवसायी संघद्धारा महासंघ र प्रदेशमा निर्बाचित पदाधीकारीलाई सम्मान

रुपन्देही सुनचाँदी व्यवसायी संघद्धारा महासंघ र प्रदेशमा निर्बाचित पदाधीकारीलाई सम्मान

बुटवल-नेपाल सुनचाँदी व्यवसायी महासंघको चौथो महाधिबेसन तथा लुम्बिनी प्रदेशको दोस्रो अधिवेशन बाट निर्बाचित पदाधीकारीलाई बुटवलमा सम्मान गरिएको छ ।
रुपन्देही सुनचाँदी व्यवसायी संघको आयोजनामा केन्द्रिय सदस्य चेत नारायण विश्वकर्मा विष्णु,केन्द्रिय सदस्य दिपक विश्वकर्मा,प्रदेश उपाध्यक्ष हरि बहादुर सुनार र प्रदेश सदस्य प्रकास मणि विश्वकर्मालाई आज बधाई एवम सम्मान गरिएको हो ।
रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष रामकिसन विश्वकर्माको अध्यक्षतामा भएको बधाई एवम सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि रुपन्देही सुनचाँदी व्यवसायी संघका संस्थापक अध्यक्ष एवम सुनचाँदी व्यवसायी महासंघका निबर्तमान बिज्ञ परामर्श समितीका संयोजक प्रेम कुमार सेन्चुरी ले अहिलेको नयाँ नेतृत्वलाई सफल कार्यकलालको शुभकामना दिदै व्यवसायीको हकहितमा काम गर्न अनुरोध गरे ।
उनले अहिलेको परिस्थीतीमा महासंमा भएका विभिन्न विवाद र अवरोधलाई नयाँ कार्यसमितीले सरकार समक्ष आफना माग सम्बोधन गराउने गरि काम गर्नु अहिलेको प्राथमिकता भएको बताए ।
बिशिष्ट अतिथी निवर्तमान केन्द्रिय उपाध्यक्ष जोगलाल विश्वकर्माले सुनको बढ्दो मूल्य वृद्धि र आर्थिक मन्दीका कारण सुनचाँदी व्यवसायी असहज अवस्थाबाट गुज्रिरहेको हुनाले अबको समितीले प्रमुखताका साथ सुनचाँदी व्यवसायीहरुको समस्या निराकरणका लागी लाग्नुपर्ने बताए ।साथै उनले हाल सरकारले उपलब्ध गराउँदै आएको सुनले बजारको माग धान्न नसकेको भन्दै सुनको आयात बढाउन माग गरे ।
कार्यक्रममा नवनिर्वाचित केन्द्रिय सदस्य चेत नारायण विश्वकर्मा विष्णु,केन्द्रिय सदस्य दिपक विश्वकर्मा,प्रदेश उपाध्यक्ष हरि बहादुर सुनार लगायतले सम्मान प्रति धन्यवाद ज्ञापन गर्दै आफूहरुले पाएको जिम्मेवारी सफलता पूर्वक निर्वाह गर्ने उल्लेख गरे ।
साथै प्रजातान्त्रिक पद्धतीमा निर्वाचन प्रक्रियामा हार र जित हुनु स्वभाविक रहेको बताउदै अब भने सम्पुर्ण सुनचाँदी व्यवसायीको हकहित र समस्या समाधानको लागी यस क्षेत्रको प्रतिनिधित्व गर्दै काम गर्ने बताए ।
कार्यक्रममा संघका सल्लाहकार तेज प्रसाद सुनार, महासंघका पूर्व केन्द्रिय सदस्य एम बि विश्वकर्मा, बुटवल सुनचाँदी महिला समितीका अध्यक्ष किरण विश्वकर्मा लगायतले सफल कार्यकालको सुभकामना व्यक्त गर्र्दे सहज रुपमा व्यवसाय गर्ने वातावरण बनाउन महासंघले पहल गर्ने अपेक्षा व्यक्त गरे ।
कार्यक्रम संघका प्रथम उपाध्यक्ष किशोर कुमार सुनारको स्ँवागत संघका प्रवक्ता रेवन्त विश्वकर्माको धन्यवाद ज्ञापन एवम महासचिव सिताराम रसाइलीको संचालनमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : शनिबार, असार २३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij