काठमाडौं – ताप्लेजुङमा बुधवार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाकै शव काठमाडौं ल्याइएको छ ।
ताप्लेजुङको सुकेटार विमानस्थलबाट हेलिकप्टरमार्फत् शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो । शव अहिले पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।
पोस्टमार्टमपछि टुँडिखेलमा सामूहिक श्रद्धाञ्जलि दिएर मात्र शव आफन्तको जिम्मा लगाउने तयारी भएको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जानकारी दिएका छन् ।
श्रद्धाञ्जलिका लागि नेता, कार्यकर्ता तथा शुभचिन्तकहरू टुँडिखेल पुग्ने क्रम शुरू भएको छ ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन १६ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्