JanataToday.com

Advertisment

SKIP THIS

शान्ति नमुना मा. वि. मा नेतृत्व सीप विकास, कानुनी सचेतना र वृक्षरोपण कार्यक्रम 

शान्ति नमुना मा. वि. मा नेतृत्व सीप विकास, कानुनी सचेतना र वृक्षरोपण कार्यक्रम 

तिलाेत्तमा नगरपालिका ५ मा रहेकाे शान्ति नमुना मा. वि. मा नेतृत्व सीप विकास, कानुनी सचेतना र वृक्षरोपण कार्यक्रम  सम्पन्न भएको छ । बिहिबार संयुक्त परिवर्तनशील युवा शक्तिकाे प्रथम वार्षिकोत्सवकाे अवसरमा साे कार्यक्रम गरिएको हाे । २०८० असार २७ गते स्थापना भएको संस्थाको स्थापना दिवसको अवसरमा नेतृत्व विकास उद्घाेषण तालिम र कानुनी सचेतनासँगै वृक्षरोपण कार्यक्रम गरी प्रथम वार्षिकोत्सव मनाएको हो।  कार्यक्रममा गिर्वाण साधारण तथा संस्कृत मा. वि. र शान्ति नमुना मा. वि. का विद्यार्थीहरुको सहभागिता रहेको थियो ।  कार्यक्रममा नेतृत्व विकास र उद्घोषणकाे बारे अध्यक्ष नवीन गैतमले प्रस्तुतिकरण गरेका थिए भने महासचिव सागर बस्याल, सदस्य प्रविन वस्ती र  सचिव निश्चल भट्टराईले व्यक्तित्व विकास, कानुनी सचेतना, नेतृत्व विकाससम्बन्धि प्रस्तुति दिँदै साहित्यिक प्रस्तुति पनि राखेका थिए । त्यस्तै संस्थाका शुभचिन्तक तथा सल्लाहकार आशिष ढकालले व्यवहारिक रुपमा समुह विभाजन गरि नेतृत्व सीप विकास र क्षमता अभिवृद्धिसम्बन्धि प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा नयाँ सदस्य स्वागत, उत्कृष्ट सहभागी र संस्थाका सहय‍ाेगी सदस्यलाई मायाको चिनोले पुरष्कृत गरिएको थियो । संस्थाले आफ्नो वार्षिकोत्सवको अवसरमा नयाँ जोश र जाँगरले संस्थालाई अगाडि बढाउँदै असल नेतृत्व र व्यक्तित्व विकास गर्दै समाज सेवा र विद्यार्थीको प्रतिभा प्रष्फुटनमा संस्था सधै अघि बढ्ने नवीन गौतमले प्रत्यक्ष अप्रत्क्ष रुपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै कार्यक्रमको समापन गरेकाे आशिष ढकालले जानकारी गराउनु दिए ।

प्रकाशित मिति : शुक्रबार, असार २९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij