काठमाण्डौ – पूर्वी नवलपरासीको गैँडाकोट तर्फ नारायणी नदीमा दुईवटा बेवारिसे शव भेटिएका छन् ।
गैँडाकोट नगरपालिका–७ गैरी मा नारायणी नदीको बीच भागको टापुमा नदीले बगाएर ल्याएको परिचय थाहा नभएका दुई वटा शव भेटिएका परेका जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो । नदीमा अन्दाजी २५ र ३० वर्षीय पुरुषको शव भेटिएका हुन् ।
भेटिएका शव नारायणगढ–मुग्लिन सडकको सिमलतालमा दुर्घटनामा परेको बसको यात्रु भएको अनुमान प्रहरीले गरेको छ । सिमलताल घटनामा हराइरहेका यात्रुको खोजी कार्य जारी छ ।
यसअघि चितवनको सिमलतालमा पहिरोले त्रिशूलीमा बगाएको बसका एक जना यात्रुको शव भेटिएको थियो ।
प्रकाशित मिति : शनिबार, असार ३० २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्