गोरखाको धार्चेमा पहिरोमा परी ५ जना बेपत्ता, २ जनाको उद्धार

गोरखाको धार्चेमा पहिरोमा परी ५ जना बेपत्ता, २ जनाको उद्धार

काठमाण्डौ – गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ५ गुम्दाको रेसेफाँटमा पहिरोमा परी पाँच जना बेपत्ता भएका छन् । पहिरोले कृषि फर्म र एउटा घर बगाउँदा कृषि फर्म सञ्चालक जितबहादुर गुरुङको तीन जनाको परिवारसहित पाँच जना बेपत्ता भएका हुन् ।

जितबहादुरसहित श्रीमती कान्छी गुरुङ, उहाँका बुवा ६० वर्षीय सुलाल कान्छा गुरुङ, स्थानीय रमेश गुरुङ, ठेगाना नखुलेका ट्याक्टर चालक रमेश परियार बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । पहिरोमा परेका दुई जनाको भने छिमेकीले उद्धार गरेका छन् ।

पहिरोले कृषी फर्म र घर बगाउँदा पाँच जना बेपत्ता भएका जानकारी पाए लगत्तै प्रहरी चौकी बारपाक र माछाखोलाबाट प्रहरी पठाएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक (डीएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । घटनाको विस्तृत विवरण आइसकेको छैन ।

प्रकाशित मिति : आइतबार, साउन १३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij