इनरव्हिल क्लब मिडटाउन बुटवलको अध्यक्षमा राधिका रिजाल

इनरव्हिल क्लब मिडटाउन बुटवलको अध्यक्षमा राधिका रिजाल

बुटवल-इनरह्वील क्लब अफ मिडटाउन बुटवलको वर्ष २०२४-२५ को अध्यक्षमा राधिका रिजाल चयन हुनुभएको छ  । बुधबार बुटवलमा भएको १६ औ पदस्थापनमा रिजालले अध्यक्षको रूपमा पदभार ग्रहण गर्नुभएको हो । उहाँलाई वर्ष २३-२४ का अध्यक्ष देबि न्यौपानेले पद हस्तान्तरण गर्नुभएको थियो ।

यस्तै फस्ट भिपीमा सुमित्रा न्यौपाने,आइपीपीमा देबि न्यौपाने, सचिवमा शुशिला पोखरेल, कोषध्यक्षमा गिता खनाल, आइएसओमा जुनु भण्डारी ,ईडिटरमा शुशिला आचार्य चयन भएका छन् । एक्जुकेटिभ मेम्बरमा शिब राना, जमुना श्रेष्ठ रहनुभएको छ।

 

 

नवनियुक्त अध्यक्ष राधिका रिजालले क्लबले गर्दै आएका कार्यलाई निरन्तरता दिँदै सामाजिक उत्तरदायित्वका कामहरू गर्दै जाने बताउँदै वृक्षारोपणदेखि छात्रवृत्तिसम्मका कार्यलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै रिजालले ५ जना निम्न स्तर भएका महिला महिलाहरुलाइ बेकरिज तालिम , प्रतिक्षालय निर्माण , तिनाउ नदि आसपासका बिपन्न परिवारलाई साईबाबाको जन्म दिन पारेर भोजन र लत्ताकपडा वितरण,९ देखि १४ बर्षका बालिकाहरुलाई पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप लगाउने कार्यक्रम लगायतका कार्यक्रम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । कार्यक्रममा नव निर्वाचित अध्यक्ष रिजालले क्लब स्थापना देखि अहिलेसम्म योगदान गर्नुभएका अध्यक्षहरुलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

 

कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रिक ३५० नेपालका डिष्ट्रिक चेयरमेन आशा श्रेष्ठले इनरह्वील क्लब अफ मिडटाउनले निरन्तर राम्रा र उदाहरणीय काम गर्दै आएको बताउँदै यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो । आफै संस्थापक अध्यक्ष भएको क्लबमा प्रमुख अतिथि भएर आउन पाउँदा खुशी लागेको बताउनुभयो । बर्ष २०२४ -२५ को ईनरव्हिल डिष्ट्रिक ३५० को थिममा रहेर काम गर्न आग्रह गर्नुभयो ।

बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रादेबि अर्यालले महिलाहरु नेतृत्वमा आउनु गौरबको कुरा भएको बताउनुभयो । उहाँले जबसम्म महिलाहरु नेतृत्वमा आउन सक्दैनन तबसम्म समाज विकासशिल हुन नसक्ने बताउनु भयो । अर्यालले पछिल्लो समय महिलाहरु सामाजिक, धार्मिक र राजनीतिक क्षेत्रमा अग्रसर हुनु सकारात्मक रहेको बताउँदै क्लबले आयोजना गरेका हरेक कार्यक्रममा नगरको साथ र सहयोग रहने बताउनुभयो ।

 

कार्यक्रममा सबै क्लबहरुको तर्फबाट इनरव्हिल क्लब अफ बुटवलका सम्झना ज्ञवाली, रोटरी क्लब अफ बुटवलका अध्यक्ष प्रज्वल थान्जु,संस्थापक सल्लाहकार ओमीकला पुन ,भिपी सुमित्रा न्यौपाने ,सचिव सुशिला पोखरेल लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । साथै क्लबले बिगतका बर्षदेखि प्रदान गर्दै आएको छात्रबृति कार्यक्रम अन्र्तगत भविष्य निर्माण माध्यामिक बिद्यालयमा अध्ययनरत रुमकला बुढाथोकी र नवरत्न माध्यमिक बिद्यालयमा अध्ययनरत आयुश्मा परियारलाई छात्रबृति प्रदान गरिएको थियो ।

बर्ष २०२३ -२४ का अध्यक्ष देबि न्यौपानेले बर्षभरि गरेका कामहरुको जानकारी गराउँदै आफुलाई साथदिने संस्थाका पुर्व अध्यक्ष,सदस्यहरु र सल्लाहकार सम्मान गर्नुभएको थियो ।

 

प्रकाशित मिति : शुक्रबार, साउन १८ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij