JanataToday.com

Advertisment

SKIP THIS

फोटो पत्रकार महासंघको प्रदेश ५ कमिटि गठन, फोटोग्राफी एक्स्पोबारे छलफल

फोटो पत्रकार महासंघको प्रदेश ५ कमिटि गठन, फोटोग्राफी एक्स्पोबारे छलफल

बुटवल । नेपाल फोटो पत्रकार महासंघ प्रदेश नम्बर ५ को अध्यक्षमा मनोज पौडेल चयन भएका छन् ।

प्रदेश नम्बर ५ को राजधानी बुटवलमा शुक्रबार भएको महासंघको प्रदेशस्तरीय भेलाबाट पौडेल (कपिलवस्तु) सर्वसम्मत चयन भएका हुन ।

नेपाल फोटो पत्रकार महासंघका केन्द्रीय अध्यक्ष ध्रुव आले, उपाध्यक्ष सागर श्रेष्ठ, महासचिव हरि रेग्मीको उपस्थितिमा भएको भेलाले सी.पी. खनाल (रुपन्देही) लाई उपाध्यक्ष, सचिव कृष्ण दर्नाल (पाल्पा), कोषाध्यक्षमा रोशनमान श्रेष्ठ (दाङ), सहसचिवमा शंकर खनाल (बाँके)लाई चयन गरेको छ ।

यस्तै सदस्यहरुमा लक्ष्मण ढुंगाना (बर्दिया), सागर रिजाल (प्युठान), रविन्द्र यादव (नवलपरासी), केशव राना (बाँके), मीना ढकाल (रुपन्देही) र खग प्रसाद चांपागाई (कपिलवस्तु) चयन गरेको हो ।

मिडिया टेक्नोलोजी एक्स्पोबारे छलफल

नेपाल फोटो पत्रकार महासंघले काठमाडौंमा प्रिन्टिङ, फोटोग्राफी एण्ड मिडिया टेक्नोलोजी एक्स्पोको बारेमा बुटवलमा छलफल गरेको छ ।

छलफल कार्यक्रममा चैत २८ देखि ३० गतेसम्म काठमाडौं टुडिखेलमा हुने एक्स्पोमा जापान, कोरिया, भारत र अन्य मुलुकका प्रतिष्ठित प्रिन्टिङ, फोटोग्राफीसँग सम्बन्धित कम्पनीहरु सहभागी हुने नेपाल फोटो पत्रकार महासंघका अध्यक्ष ध्रुव आलेले जानकारी दिए ।

‘एक्स्पोको मुख्य उद्देश्य सबै प्रिन्टिङ तथा फोटोग्राफी क्षेत्रलाई समेट्ने प्रयास नै हो । औद्योगिक प्रिन्टर, कमर्शियल प्रिन्टर, प्रिन्टिङ प्रेस र क्यामरा तथा फोटोग्राफीसँंग सम्बन्धित सबै क्षेत्रलाई एक्स्पोमा समेट्ने प्रयास गरेका छौं–उनले भने ।

दोश्रो पटक आयोजना हुन लागेको एक्स्पोमा प्रिन्टिङ तर्फ अफसेट प्रेस, फ्लेक्स प्रिन्ट, फोटोग्राफी तर्फ क्यामेरा उत्पादक कम्पनीहरु, फोटो पेपर उत्पादक कम्पनीहरु, फोटो प्रिन्टका विभिन्न मेसिन उत्पादक कम्पनीहरु, मोबाईल, ल्यापटप, कम्प्युटर, वित्तीय तर्फ बैङ्ग तथा बीमा कम्पनीहरु, फोटोग्राफी तथा फोटोपत्रकारिता सम्बन्धी कलेजहरु, ईष्टिच्युटहरु, प्रकाशनगृह लगायतको सहभागिता रहने एक्स्पोका संयोजक तथा नेपाल फोटो पत्रकार महासंघका महासचिव हरि रेग्मीले जानकारी दिए ।

नेपाल पत्रकार महासंघ रुपन्देहीको सभाहलमा भएको कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ प्रदेश ५ का उपाध्यक्ष भरत केसीले फोटो पत्रकारिता र यसको प्राविधिक पक्षबारे एक्स्पोबाट धेरै आशा गरेको बताए ।

‘हामी अधिकांश पत्रकारहरु अझै पनि प्राविधिक हिसाबले पूर्ण छैनौं यस्ता एक्स्पोले अपडेट गराउँछ र हाम्रो काममा सहजता ल्याउँछ भन्ने लाग्छ, उनले भने ।

पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसीले पत्रकार र पत्रकारितालाई अपडेटेड बनाउनका लागि प्रविधिको बारेमा यथेष्ट जानकारी हुनुपर्ने बताए ।

फोटो पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष कमल रायमाझीको स्वागत, सी. पी. खनालको सञ्चालनमा भएको कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष ध्रुब आले, उपाध्यक्ष सागर श्रेष्ठ, महासचिव हरि रेग्मीले एक्स्पोका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा आर्थिक पत्रकार समाजका अध्यक्ष डायनसन अधिकारी, लुम्बिनी फोटोग्राफर संघका अध्यक्ष महेन्द्र उपाध्यायलगायतले बोल्दै एक्स्पोको सफलताको कामना गरेका थिए ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन १७ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij