JanataToday.com

Advertisment

SKIP THIS

दार्चुलाको राताकाठा भीरमा जिप दुर्घटना, कम्तीमा १० जनाको मृत्यु

दार्चुलाको राताकाठा भीरमा जिप दुर्घटना, कम्तीमा १० जनाको मृत्यु

काठमाडाैँ । दार्चुला तिङ्कर सडक खण्डअन्तर्गत राताकाठा भीरमा जिप दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य केही वेपत्ता भएका छन । सदरमुकाम खलङ्गाबाट हिकिला गइरहेको म १ ज २८० नंको जीप महाकाली नदीमा खसेको हो ।

जीप दुर्घटनामा परी मानवीय क्षति भए पनि सङ्ख्या यकिन हुन सकेको छैन । जीप चालक दीपकसिंह धामी घाइते भएका छन् । घाइतेलाई गाडीमार्फत अस्पताल पठाइएको सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक भीमबहादुर चन्दले बताएका छन ।

राति ८ बजे जीप दुर्घटना भएको स्थानीयवासी हिक्मतबहादुर वमले बताए । चार दिनअघि सोही क्षेत्रमा पहिरोमा परी एक जनाको ज्यान गएको थियो । पहिरो गएको क्षेत्रबाटै जीप दुर्घटना भएको हो । जीप झण्डै ५०० मिटर तल महाकाली नदीमा खसेको छ । घटनास्थल सदरमुकाम खलङ्गाबाट सात किलोमिटर उत्तरमा पर्छ ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन १७ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij