वर्तमान शिक्षा : अवसर , समस्या र समाधान विषयक अन्तर संवाद

वर्तमान शिक्षा : अवसर , समस्या र समाधान विषयक अन्तर संवाद

बुटवल -वर्तमान शिक्षाकाे अवस्थालाई अवसरकाे रूपमा लिनका लागि समयअनुकूल पाठ्यक्रम परिवर्तन गर्न जरुरी रहेकाे एक अन्तर संवादका वक्ताहरूले  निष्कर्ष निकालेका छन् । बुटवल लेडी जेसीजकाे अायाेजनामा चलिरहेको जेसीज सप्ताहकाे पाँचौ दिन सिद्धार्थ गाैतमबुद्ध क्याम्पसमा भएकाे कार्यक्रम वर्तमान शिक्षा : अवसर , समस्या र समाधान विषयक अन्तर संवाद कार्यक्रमका शिक्षा विद्हरूले निष्कर्ष निकालेका हुन् । पछिल्लो समय भएको परिवर्तनले विद्यार्थीहरू प्रविधिसँग नजिक रहेकाले समयअनुसारकाे पाठ्यक्रम हुन जरुरी रहेकाे बताएका छन् । कार्यक्रममा बाेल्दै सिद्धार्थ गाैतम बुद्ध क्याम्पसका क्याम्पस प्रमुख कृष्ण शर्माले हरेक कुरामा हामी अाफै परिवर्तन हुन  जरुरी रहेकाे बताए  । कार्यक्रममा तिलाेत्तमा क्याम्प बुटवलका प्रमुख प्राेफेसर डाक्टर रामचन्द्र अाचार्यले दुर्गम र सुगममा एकै प्रकारकाे शैक्षिक गुणस्तर नहुँदा दुर्गमका विद्यार्थीकाे नतिजा सन्ताेषजनक नरहेकाे बताए । शिक्षा तालिम केन्द्र भैरहवाका प्रमुख हरिलाल अर्यालले  शैक्षिक क्षेत्रमा अनुगमन निरन्तर हुनुपर्ने दावी गरे । कालिका क्याम्पस बुटवलका प्रमुख घनश्याम पाठकले सीप , ज्ञान र व्यवहारिक शिक्षा भएमा काेही पनि दुखी हुन नपर्ने बताए । हाल बढिरहेकाे वाैद्धिक पलायनलाई राेक्न विद्यार्थी र अविभावकलाई जनचेतनामूलक कार्यक्रम गर्नुपर्नेमा जाेड दिए । जेसीज सप्ताहकाे पाँचौ  दिनमा भएकाे साे अन्तर संवाद कार्यक्रममा अध्यक्ष संगीता ढकालले स्वागत गर्दै शिक्षाकाे वर्तमान अवस्थाले अभिभावक र विद्यार्थीमा नैराश्य र अन्याैलता बढेको बताइन् । अन्तर संवाद कार्यक्रममा नवीन अाैद्याेगिक कदरबहादुर रीता माविका विद्यार्थीहरू र साेही क्याम्पसका विद्यार्थीले प्रश्नहरू राखेका थिए । कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेश लालहरि पाण्डे पूर्व अध्यक्ष तथा सल्लाहकारहरू रिजन श्रेष्ठ , सिनेटर राधिका पाेखरेल , अनुपमा श्रेष्ठलगायतले उपस्थिति रहेकाे मूल संयाेजक सपना ज्ञवाली गैह्रेले बताइन् । जेसी रुपा श्रेष्ठ पाठककाे सञ्चालनमा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष कमला लम्सालले सबैप्रति अाभार व्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको थियो । त्यसैगरी जेसीज सप्ताहअन्तर्गत मंगलबार तिलाेत्तमा ४ मा रहेको ज्येष्ठ नागरिक मिलन केन्द्रमा भजन किर्तन तथा उनीहरूका लागि भाेजन अर्पण गरिएको कार्यक्रम संयाेजक जेसी भगवती बेलबासेले जानकारी दिइन् । साथै बुधबार जेसीज सदस्यका लागि नेतृत्व विकास कार्यक्रम गरिएको थियो ।

प्रकाशित मिति : शुक्रबार, साउन ३२ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij