लुम्बिनीको कांग्रेस प्रमुख सचेतकमा ढकाल

लुम्बिनीको कांग्रेस प्रमुख सचेतकमा ढकाल

बुटवल – लुम्बिनी प्रदेश सभामा नेपाली कांग्रेसको प्रमुख सचेतकमा जमुना ढकाल नियुक्त भएकी छन् ।

यसअघि प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले दिएको राजीनामा दलका नेता डिल्लीबहादुर चौधरीले स्वीकृति गरी आज बुधबार ढकाललाई प्रमुख सचेतक नियुक्त गरेका हुन् ।

 

ढकाल रुपन्देहीबाट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएकी हुन् ।

मन्त्रिपरिषद गठनमा असन्तुष्टी जनाउँदै प्रमुख सचेतक तिमिल्सिनाले गत साउन २१ गते राजीनामा दिएका थिए । सुरुमा सरकारमा कांग्रेसबाट सरकारको नेतृत्व तिमिल्सिनाले गर्ने भनिए पनि अन्तिममा मन्त्री बन्ने सूचीबाट उनको नाम हटाइएको भन्दै उनी असन्तुष्ट थिए ।

 

मन्त्रिपरिषदमा पार्टीबाट महिला प्रतिनिधित्व शून्य बनाइएको भनेर विरोध जनाउँदै आएकी सचेतक निमा गिरीले पनि एक महिना अघि राजीनामा दिएकी छन् ।

प्रकाशित मिति : बुधबार, असोज २३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij