रुसमा हुने ब्रिक्स शिखर सम्मेलनमा २४ देशका नेता र राष्ट्रसङ्घका महासचिव सहभागी हुने

रुसमा हुने ब्रिक्स शिखर सम्मेलनमा २४ देशका नेता र राष्ट्रसङ्घका महासचिव सहभागी हुने

रुसको कजान सहरमा हुने ब्रिक्स शिखर सम्मेलनमा २४ देशका नेतासहित संयुक्त राष्ट्रसङ्घका महासचिव सहभागी हुने क्रेमलिनले जनाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विदेश नीति सल्लाहकार युरी उशाकोभले २४ देशका शीर्ष नेता र प्रतिनिधि तथा राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस सहभागी हुने बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

भोल्गा नदीको किनारमा रहेको सहरमा उदीयमान अर्थतन्त्र रहेका देशहरुको शिखर सम्मेलन अक्टोबर २२ तारिखदेखि शुरु हुँदैछ । सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र इरानी राष्ट्रपति मसुद पेजेश्कियान सहभागी हुने अपेक्षा गरिएको छ ।

शिखर सम्मेलनअघि अक्टोबर १८ मा मस्कोमा एउटा व्यापारिक मञ्च पनि आयोजना गर्ने तयारी छ । यो मञ्चमा रुसी राष्ट्रपति पुटिनले सम्बोधन गर्नुहुनेछ । रुसले पछिल्लो पटक सन् २०१५ मा उफा सहरमा ब्रिक्स शिखर सम्मेलनको आयोजना गरेको थियो ।

प्रकाशित मिति : शुक्रबार, असोज २५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij