गाजामा बिग्रँदै गएको मानवीय अवस्थाप्रति अमेरिकाको चासो

गाजामा बिग्रँदै गएको मानवीय अवस्थाप्रति अमेरिकाको चासो

अमेरिकाले इजरायललाई गाजामा मानवीय सहायताको पहुँच बढाउन ३० दिनको समय दिएको छ । इजरायली सेनाको पछिल्लो आक्रमणमा परेर उत्तरी गाजामा धेरे मानिस  हताहत भएका घटनापछि मानवीय सहायता नबढाए अमेरिकी सैन्य सहायता कटौती गर्ने चेतावनीसहित अमेरिकाले पत्र पठाएको हो ।

अमेरिकाले गाजामा  बिग्रँदै गएको मानवीय अवस्थाको बारेमा गहिरो चासो व्यक्त गरेको बीबीसीले जनाएको छ । इजरायलले गएको महिना उत्तर र दक्षिणी गाजामा आएका झण्डै ९० प्रतिशत मानवीय सहायतालाई अस्वीकार गरि बाधा पुर्‍याएको छ ।

इजरायलले भने यसबारेमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । इजरायलले उत्तरी क्षेत्रमा हमासका कार्यकर्ताहरूलाई लक्षित आक्रमण गरिरहेको छ तर मानवीय सहायताको प्रवेशलाई नरोकेको बताउँदै आएको छ ।

प्रकाशित मिति : बुधबार, असोज ३० २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij