इजरायली सेनाले पाँच दिनपछि फेरि लेबनानको राजधानी बेरुतमा आक्रम णगरेको छ । दक्षिणी लेबनानको नबातिह शहरमा भएको पछिल्लो इजरायली आक्रमणमा पाँच जनाको ज्यान गएको बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमा नबातिह शहरका मेयर पनि छन् ।
मङ्गलवार राति इजरायली सेनाले बेरुतको दक्षिणी क्षेत्रमा हवाई आक्रमण गरेको थियो । इजरायलले इरान समर्थित विद्रोही समूह हिजबुल्लाहको भूमिगत गोदामलाई निशाना बनाएको बताएको खबरमा उल्लेख छ । यसअघि लेबनानका अधिकारीहरूले लेबनानको दक्षिणी क्षेत्रमा भर्खरै भएका आक्रमणमा धेरैको ज्यान गएको बताएका थिए ।
इजरायलले लेबनानबाहेक गाजामा पनि आक्रमण गरिरहेको छ । मङ्गलवार अमेरिकाले इजरायललाई ३० दिनभित्र गाजामा मानवीय सहायताको पहुँच बढाउन आग्रह गरेको थियो । यदि त्यसो भएन भने इजरायललाई दिइने सैन्य सहायतामा पनि कटौती गर्न सक्ने अमेरिकाले जनाएको छ ।
बेरुतमा भएको यो पछिल्लो आक्रमणअघि मङ्गलवार पनि इजरायली सेनाले लेबनानका विभिन्न ठाउँमा बमबारी गरेको थियो ।
प्रकाशित मिति : बुधबार, असोज ३० २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्