बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी

बङ्गलादेशको विशेष अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अदालतले हसिनाको आवामी लिग पार्टीका पूर्वमहासचिव ओबैदुल कादिर र अरु ४४ जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको  जनाएको छ । पक्राउ पुर्जी जारी भएकामा लेखक एवम् शिक्षाविद् प्राध्यापक जफर इकबाल र पूर्वन्यायाधीश शम्शुद्दीन चौधरी मणिक पनि रहेका छन् ।

बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी) का मुख्य अभियोजक इस्लामले पूर्वप्रधानमन्त्री शेख हसिनालाई पक्राउ गर्न र आउँदो नोभेम्बर १८ तारिखमा अदालतमा पेश गर्न आदेश दिएको बताउनुभएको  छ ।

शेख हसिनालाई गएको जुलाई–अगस्टमा देशमा भएका अपराधमा संलग्न भएको आरोप छ । उहाँको १५ वर्षे शासनकालमा व्यापक रूपमा मानव अधिकार उल्लङ्घन, राजनीतिक विरोधीहरूलाई सामूहिक हिरासतमा राख्ने र गैरन्यायिक हत्या गर्नेजस्ता काम भएको आरोप हसिना प्रशासनलाई लागेको छ ।

गएको ५ अगस्टमा छात्रहरूको आन्दोलनका कारण शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो र देश छाडेर भारत जानुभएको थियो । त्यसयता उहाँ भारतमै हुनुहुन्छ ।

 

 

प्रकाशित मिति : बिहिबार, कार्तिक १ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij