JanataToday.com

Advertisment

SKIP THIS

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकहरुको नाफा साढे २१ प्रतिशतले बढ्यो

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकहरुको नाफा साढे २१ प्रतिशतले बढ्यो

काठमाण्डौ

वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको पहिलो तीन महिनाको नाफा साढे २१ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक बर्षको पहिलो तीन महिनामा १३ अर्ब ३४ करोड रुपैयाँ नाफा कमाएका वाणिज्य बैंकहरुले यस वर्ष १६ अर्ब २३ करोड रुपैयाँ नाफा कमाएका हुन् । समग्रमा यो २१ दशमलव ६३ प्रतिशतले बढेको नाफा हो । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये १२ वटाको नाफा बढेको छ । आठ वटाको नाफा घटेको छ ।

लक्ष्मी सनराइजको नाफा चार सय २० प्रतिशत भन्दा धेरैले बढेको छ । ग्लोबल आईएमई, नेपाल बैंक, प्रभु बैंक, नेपाल एसबीआई, प्राइम कमर्सियल, स्ट्यान्डर्ड चार्टर्ड, कुमारी, सिद्धार्थ, एनएमबी, एभरेस्ट र नबिल बैंकको नाफा बढेको छ । कृषि विकास बैंकको नाफा झन्डै एक सय ३० प्रतिशतले घटेको छ । यस्तै सानिमा, हिमालय, माछापुच्छ्रे, नेपाल इन्भेष्टमेन्ट मेगा, सिटिजन्स, एनआईसी एसिया र राष्ट्रिय वाणिज्य बैंकको नाफा घटेको छ ।

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकहरुको खुद ब्याज आम्दानी ६ प्रतिशतभन्दा धेरैले घटे पनि सम्भावित कर्जा नोक्सानीका लागि गरेको ‘प्रोभिजन’ घट्दा बैंकहरूको नाफामा सुधार देखिएको हो । नेपाल राष्ट्र बैंकले कोभिड–१९ पछि कसिलो बनाएको बैंक तथा वित्तीय संस्थाको नियामकीय नीति खुकुलो बनाउँदै लगेको छ ।

गएको साउनमा सार्वजनिक मौद्रिक नीतिमार्फत असल वर्गमा वर्गीकरण भएको कर्जामा एक दशमलव २ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्नेमा चालू आर्थिक वर्षबाट एक दशमलव एक प्रतिशत मात्रै कर्जा नोक्सानी व्यवस्था गर्दा हुने भएको छ । यस्तै कर्जामा वर्गीकरण सम्बन्धी व्यवस्थामासमेत संशोधन गरेको थियो ।

प्रकाशित मिति : बुधबार, कार्तिक ७ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij