काठमाण्डौ – सरकारले हरेक हप्ता शुक्रवार देशैभरका सबैसरकारी कार्यालयहरूमा डेङ्गी नियन्त्रणका लागि सरसफाईअभियान चलाउने निर्णय गरेकोछ ।
डेङ्गी सङ्क्रमणको बढ्दो स्थितिलाई हेर्दै स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले शुक्रवार १० बजे १० मिनेटका लागि सबै सरकारी कार्यालयमा सरसफाई अभियान चलाउने निर्णय गरेको हो ।
सरकारी कार्यालयमा रहेको ग्यारेजसहितका ठाउँहरुमा प्रयोगविहीन टायर वा गाडीमा पानी जमेर बस्ने तथा त्यसले डेङ्गी फैलाउने लामखुट्टेको फैलावटमा मद्दत पुग्ने भएकाले त्यस्ता सबै ठाउँको सरसफाई गरिनुपर्ने स्वास्थ्य मन्त्रालयको प्रस्ताव छ ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले डेङ्गी सार्ने लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने अभियान देशव्यापी रूपमा सञ्चालन गर्न आह्वान गर्नुभएको छ । प्रधानमन्त्री ओलीले लामखुट्टेको प्रजनन्स्थल नष्ट गर्ने अभियानलाई कम्तीमा हप्ताको एकपटक सञ्चालन गर्न आह्वान गर्नुभएको हो ।
डेङ्गी सार्ने लामखुट्टेको नियन्त्रणका लागि सबैभन्दा बढी प्रभावकारी मानिएको लामखुट्टेको प्रजननस्थल जस्तै पानी जम्ने ठाउँ खोजी लामखुट्टेका लार्भा, प्युपा नष्ट गर्ने कामलाई कम्तीमा हप्ताको एकपटक शुक्रवार १० बजेर १० मिनेट देशव्यापी अभियानका रूपमा सञ्चालन गर्न उहाँको अपील छ ।
डेङ्गी लामखुट्टेबाट सर्ने र थोरै जमेको पानीमा पनि लामखुट्टेले फुल पार्ने भएकाले त्यस्तो पानी कतै जम्न नदिन विज्ञहरुले सुझाव दिँदै आएका छन् ।
प्रकाशित मिति : शुक्रबार, कार्तिक ९ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्