काठमाडौँ,
सदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम अनुमोदन गरेको छ।
समितिको शुक्रवार सिंहदरबारमा बसेको बैठकले प्रस्तावित न्यायाधीश निरौला र पाण्डेको नाम अनुमोदन गरेको हो। योग्यता, क्षमता र अनुभवसमेतको आधारमा निरौला र पाण्डे दुवैको नाम अनुमोदन गर्ने निर्णय गरिएको समितिका ज्येष्ठ सदस्य पशुपतिसमशेर जबराले जानकारी दिए।
उनले भने, ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली, २०८० तथा संसदीय सुनुवाइ समितिको कार्यविधि २०८० बमोजिम समितिमा सुनुवाइ गर्दा योग्यता, क्षमता र अनुभवसमेतको आधारमा सोही नियमावली नियम २६ को उपनियम ५ बमोजिम नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तीको लागि अनुमोदन गर्ने भनि आजको बैठकले निर्णय गरेको व्यहोरो जानकारी गराउँछु।’
संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि प्रस्तावित न्यायाधीशलाई सर्वोच्च अदालतमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ।
प्रकाशित मिति : शुक्रबार, कार्तिक २३ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्