JanataToday.com

Advertisment

SKIP THIS

रुपन्देही सुनचाँदी व्यवसायी संघमा पदभार ग्रहण

रुपन्देही सुनचाँदी व्यवसायी संघमा पदभार ग्रहण

बुटवल-रुपन्देही सुनचाँदी व्यवसायी संघको  पदभार ग्रहण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

गत कार्तिक ११  गते सम्पन्न  रुपन्देही सुनचाँदी व्यवसायी संघको सातौँ आठौँ र नवौं  साधारणसभा तथा तेस्रो अधिवेशनबाट गोपाल रामदाम विश्वकर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन भए पश्चात शनिवार पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।

नवनिर्वाचित अध्यक्ष रामदामले आगामी कार्यकालमा आफ्नो बलबुताले भ्याएसम्म व्यवसायीहरुको हकहितका लागि काम गर्ने र सरोकारवाला निकायहरुसँग समन्वय गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले अग्रज व्यक्तीत्वहरु संग सल्लाह र सहकार्य अगाडी बढ्ने बताउनुभयो ।

पदभार ग्रहण समारोहमा संघको भर्खरै निबर्तमान हुनुभएका निबतृमान अध्यक्ष रामकिशन विश्वकर्माले भदभार हस्तान्तरण गर्नुहुदै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथी रुपन्देही सुनचाँदी व्यवसायी संघका संस्थापक अध्यक्ष संघका सल्लहकार प्रेम कुमार सेन्चुरीले  एक आवश्यकताले जन्म लिएको यो संस्था रुपन्देही आफैमा ठुलो क्षेत्र भएको भएर पनि सबै नगरलाई समेटन साझा मंचको  आवश्यकता अनुरुपनै यो संस्थाको स्थापना भएको बताउदै बिगतमा
मर्यादित हिसावले भाइचारा कायम राख्दै ,सामाजिक उत्तरदायित्व पुरा गर्दै संघलाई यो स्थान सम्म ल्याएको बताउदै सस्थागत केहि उल्झन भए पनी संस्थाको हक हितको लागी एकताको निती लिएर अगाडी बढ्न आग्रह गर्नुभयो ।

कार्यक्रममा केन्द्रिय सदस्य चेत नारायण विश्वकर्मा केन्द्रिय सदस्य दिपक विश्वकर्मा ले आगामी दिनमा संस्थालाई अझ बलियो बनाएर लैजान जरुरी रहेको बताउदै सुनचाँदी व्यवसायीका पीर , मर्का , भावनालाई महासंघले निकै ध्यानमा राखेर काम गर्न  आफुहरु तत्पर भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष हरि विश्वकर्र्माा ,सल्लाहकार बिक्रम सुनार, रेवन्त विश्वकर्मा , किशोर सेन्चुरी,  सतिस कौसल दिपक ,देवदह सुनँचादी व्यवसायी संघ अध्यक्ष इन्द्र सुनार लगायतले बोल्नु भएको थियो ।
यसअघि रुपन्देही सुनचाँदी व्यवसायी संघको  सातौ आठौ र नवौ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट गोपाल विश्वकर्माको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
सम्पन्न अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष मनोज सेन्चुरी, प्रथम उपाध्यक्ष तिलक विश्वकर्मा, द्वितीय उपाध्यक्ष सुरज बराल, महासचिव सतिष कौसल दिपक , सचिवमा भुवन बराल, सुजता गहतराज ,कोषाध्यक्षमा सञ्जय सेन्चुरी, सहकोषाध्यक्षमा जीवन गहतराज, निर्विरोध निर्वाचित भएका छन् । यस्तै संघको कार्यसमिति सदस्यहरुमा बलराम सुनार, किरण लामगादे, पदम बहादुर बिक ,माया बिक,सोम बहादुर गहतराज, दुर्गा बहादुर लोहार,राम बहादुर बिक,बुद्धि बिनोद घमाल ,ठाकुर गौतम, भवानी प्रसाद सोनारलाई चयन हुनुभएको हो ।

प्रकाशित मिति : शनिबार, कार्तिक २४ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij