बुटवल,
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेलाई आज बुटवल ल्याइँदै छ।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा अनुसन्धान गर्न उनलाई बिहानै बुटवल ल्याउन लागिएको हो।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले कडा सुरक्षाकाबीच अहिले पोखरा विमानस्थल पुर्याएको छ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन अभियोगमा कात्तिक २ देखि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेविरुद्ध रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी सम्बन्धमा पनि अनुसन्धान गर्न बुटवल ल्याउन लागिएको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बयानलगायत अनुसन्धानका लागि बुटवल पठाइदिन पत्राचार गरेपछि कास्की प्रहरीले सूर्यदर्शनबारेको बयान सकेर उनलाई आज बुटवल ल्याउन लागिएको हो।
प्रकाशित मिति : मंगलबार, कार्तिक २७ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्