सरकारले आउँदो माघ २३ गतेदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान शुरू गर्ने

सरकारले आउँदो माघ २३ गतेदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान शुरू गर्ने

काठमाण्डौ
सरकारले आउँदो माघ २३ गतेदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान शुरू गर्ने भएको छ ।

पाठेघरको मुखको क्यान्सरबाट जोगाउन देशैभरका किशोरीलाई निःशुल्क खोप लगाउने निर्णय भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । १५ दिनसम्म चल्ने खोप अभियानमा देशभरका १० देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार नौ सय किशोरी लाभान्वित हुने मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । माघ २३ गते क्यान्सर दिवसको अवसरमा देशव्यापी खोप अभियान थाल्ने उहाँले बताउनुभयो ।

अहिले नेपालमा हरेक दिन चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान गइरहेको मन्त्रालयको तथ्याङ्क छ । किशोरीहरूलाई खोप दिएमा क्यान्सरबाट जोगाउन प्रभावकारी हुने प्रवक्ता बुढाथोकीले बताउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले यस वर्ष अभियान सञ्चालन गर्ने र अर्को वर्षदेखि नियमित खोप अभियानमा समेत पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप समावेश गराउने निर्णय गर्नुभएको उहाँको सचिवालयले जनाएको छ

प्रकाशित मिति : बुधबार, कार्तिक २८ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij