काठमाडौँ
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पतालहरुमा इमर्जेन्सी सेवा सबैलाई निःशुल्क हुनुपर्ने भए पनि टिकट काटेर आएमात्रै विरामी भर्ना गर्ने नत्र फर्काइदिने संस्कृति नराम्रो भएको टिप्पणी गरेका छन्।
बिहीवार काठमाडौँमा एकद्वार संकट व्यवस्थापन केन्द्र ओसिएमसि को प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले पैसा भएका विरामीको मात्रै उपचार गर्ने कि उपचार गर्न आवश्यक भएकाको उपचार गर्ने भन्दै प्रश्नसमैत गरे।
‘इमर्जेन्सी सेवा त सबैलाई निःशुल्क हुनुपर्ने हो तर इमर्जेन्सीमा छिर्दा त। म स्वास्थ्यमन्त्री हुँ यो भन्न हुने हो कि होइन थाहा छैन( इमर्जेन्सीमा छिर्दा टिकट काटेर आऊ‚ टिकट काट्ने पैसा छैन भने जाऊ‚’ उनले भने, ‘पैसा भएकाको मात्रैको उपचार गर्ने हो कि उपचार गर्न आवश्यक भएकाको उपचार गर्ने हो अनि त्यसपछि पैसा छ वा छैन भनेर सोध्ने हो यत्रा मन्त्रालय छन्, हामी यति धेरै छौँ। हामीले गर्न नसकेको कि नचाहेको हो
उनले निर्मला पन्तको हत्यारा अझै पत्ता लगाउन नसकेकोमा दुःखसमेत व्यक्त गरे। सरकारले निर्मला पन्तको बलात्कारपछि हत्याका अपराधीलाई अझै पक्राउ गर्न नसकेकोमा उनले दुःख व्यक्त गरे।
‘उपचारात्मक पक्षबाट भन्दा हामीले यसमा सैद्धान्तिक पाटोमा केही काम गरेका छौँ तर हामीले गरेको निर्णयलाई व्यवहारिक ढंगबाट पूर्णरुपमा कार्यान्वयन गर्न सकेका छैनौँ‚’ उनले भने, ‘भएको महशुस हुन यस कारणले सकेन कि, निर्मला पन्तको हत्यारा, बलात्कारी को हो, आजसम्म पत्तै लागेन।’
उनले जलनपीडितहरुको समस्या पनि विकराल रहेको बताए। उनले प्रविधिको विकाससँगै घरेलु र महिला हिंसाका घटना अहिले सतहमा देखिरहेको बताए।
उनले नेपाल महिला अधिकारको सम्बन्धमा समावेशी रहेको भए पनि महशुस हुने किसिमले व्यवस्थापन गर्न नसकेको बताए। मन्त्री पौडेलले सबैले व्यवस्थित ढंगबाट काम गर्नुपर्ने बताए।
प्रकाशित मिति : बिहिबार, कार्तिक २९ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्