राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई रुपन्देहीबाट पोखरा पुर्याइयो

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई रुपन्देहीबाट पोखरा पुर्याइयो

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई रुपन्देहीबाट पोखरा पुर्याइएको छ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन आरोपमा बयानका लागि ३ दिनअघि रुपन्देही ल्याइएको थियो।

उनको बयान बिहीबारै सकिए पनि मौसम प्रतिकूलताका कारण लैजान समस्या भएको थियो। शुक्रबार पनि मौसम प्रतिकूलताका कारण दिउँसो सवा १ बजे मात्रै भैरहवाबाट विमान पोखराका लागि उडेको थियो।

उनलाई पोखरा विमानस्थलबाट सोझै स्वास्थ्य परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको तथापी उनमा खासै स्वास्थ्य समस्या नदेखिएको प्रहरीले जनाएको छ । तर पनि प्रहरीले रीत पुर्‍याउन अस्पताल लगेको हो। त्यसपछि उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीकै हिरासतमा राखिने प्रहरीले जनाएको छ।

प्रकाशित मिति : शुक्रबार, कार्तिक ३० २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij