ट्रंक र डेडिकेटेड लाइनमा देखिएका समस्याको समाधान विद्युत प्राधिकरण आफैले खोज्नुपर्ने,अर्थमन्त्री पौडेल

ट्रंक र डेडिकेटेड लाइनमा देखिएका समस्याको समाधान विद्युत प्राधिकरण आफैले खोज्नुपर्ने,अर्थमन्त्री पौडेल

बुटवल,

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले ट्रंक र डेडिकेटेड लाइनमा देखिएका समस्याको समाधान विद्युत प्राधिकरण आफैले खोज्नुपर्ने बताएका छन् ।

नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनले बिहीबार बुटवलमा आयोजना गरेको ११ औँ केन्द्रीय सभालाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले वर्षौंअघिको ट्रंक र डेडिकेटेड महसुलको विवादलाई अब लम्बाउन नहुने बताए । प्राधिकरणले समस्या समाधानका लागि चासो नदेखाए सरकारले समाधान खोज्ने उनले बताए । ‘उद्योगहरुले विद्युत प्रयोग गरेको महसुल तिर्नुपर्छ त्यसका लागि प्राधिकरणले समयमै बिल उपलब्ध गराउनुपर्छ’, अर्थमन्त्री पौडेलले भने ।

उर्जा क्षेत्रमा नेपालले फड्को मारिसकेको बताउँदै उनले प्राधिकरणले आफ्नो जिम्मेवारी पुरा गरी विश्वसनिय र भरोसायोग्य संस्था बनाउनुपर्ने धारणा राखे । प्राधिकरण आफै सबल र सक्षम नहुँदासम्म त्यहाँभित्र काम गर्ने कर्मचारीहरुलाई सक्षम बनाउन नसकिने बताए । सरकारले राष्ट्रसेवक कर्मचारी तथा नागरिकको हित हुने गरी काम गर्दै आएको दावी गर्दै उनले कर्मचारीको सेवा सुविधा र रोकिएको बिमा लगायतका विषयमा सरकार सहकार्य गर्न तयार रहेको बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले जलस्रोतको धनी देश नेपालले यसको उच्चतम प्रयोग गरी त्यसबाट आर्थिक समृद्धि प्राप्त गर्न सक्ने बताए । मुलुकलाई अस्थिरतामा धकेलेर आफ्नो स्वार्थ पूरा गर्ने उद्देश्यका साथ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरु लागिरहेको उनले बताए । ठूला राजनीतिक दलहरुले केही गर्न सकेनन् भनेर हल्ला फिजाउने र उनीहरले लोकतन्त्र स्थापनका लागि खेलेका भूमिकाहरुलाई गलत ढंगले व्याख्या गरेर समाजमा अराजकता फैलाउने काम भएको बताउँदै उनले चिन्ता व्यक्त गरे ।

यस्तै, विद्युत प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष रामकुमार थेबेले युनियनले कर्मचारी सदस्यहरुको हित र सुरक्षामा काम गर्दै आएको बताए ।

कार्यक्रममा विद्युत प्राधिकरण कर्मचारी युनियन लुम्बिनी प्रदेशका अध्यक्ष अमितकुमार रेश्मी, विद्युत प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख हरिप्रसाद पाण्डे, विद्युत प्राधिकरण कर्मचारी कल्याण परिषद्का अध्यक्ष, राष्ट्रिय कर्मचारी संघका अध्यक्ष जनार्दन भट्टराई, पेशागत महासंघका अध्यक्ष पुण्यप्रसाद ढकाल लगायतले बोल्दै युनियनले कर्मचारीहरुलाई संगठित गर्दै पेशागत सुरक्षामा ध्यान दिनुपर्ने बताए ।

प्रकाशित मिति : बिहिबार, मंसिर २० २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij