JanataToday.com

Advertisment

SKIP THIS

१३ बर्षीय बालकसहित दुईजना बलात्कारको अभियोगमा पक्राउ

१३ बर्षीय बालकसहित दुईजना बलात्कारको अभियोगमा पक्राउ

दाङ । १३ बर्षीय बालकसहित दुईजना जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन् ।

घोराही उपमहानगरपालिका १० चारबगिया निवासी १० बर्षीया एक बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ निवासी १३ बर्षीय बालकलाई पक्राउ परेका छन् ।

१३ बर्षीय बालकले १० बर्षीया बालिकालाई फागुन १ गते जवरजस्ती करणी गरेको जाहेरीका आधारमा ती बालकलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

बालिकाका बाबुले प्रहरी समक्ष बिहीवार मात्रै छोरी माथि जवरजस्ती करणी भएको जाहेरी दिएपछि शुक्रवार मात्रै प्रहरीले आरोपित बालकलाई पक्राउ गरेको जानकारी दिइएको छ ।

त्यस्तै घोराही उपमाहानगरपालिका वडा नं. ४ निवासी एकजना १४ बर्षीया बालिकालाई करणी गरेको अभियोगमा रोल्पा जिल्लाको रुण्टीगढी गाउँपालिका वडा नं. १ निवासी १८ बर्षीय किशोर युवराज राना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार फागुन २१ गते रानाले ती बालिकालाई जवरजस्ती करणी गरेको भन्ने जाहेरीका आधारमा शुक्रवार पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी रामप्रशाद घर्तीले जानकारी दिए ।

पक्राउ गरिएका दुबै व्यक्ति उपर अनुसन्धान र छानविन भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : शनिबार, फाल्गुन २५ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij