रुस र बेलारुसबीचको सुरक्षा ग्यारेन्टीसम्बन्धी नयाँ सन्धिमा हस्ताक्षर

रुस र बेलारुसबीचको सुरक्षा ग्यारेन्टीसम्बन्धी नयाँ सन्धिमा हस्ताक्षर

भ्रमणमा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका बेलारुसका समकक्षी अलेक्ज्याण्डर लुकाशेन्कोले रुस र बेलारुसबीचको सुरक्षा ग्यारेन्टीसम्बन्धी नयाँ सन्धिमा हस्ताक्षर गरेका छन्।

रुसी नेताकाअनुसार नयाँ सम्झौताले रुस र बेलारुसको सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने उद्देश्यले सबै उपलब्ध शक्ति र साधनको प्रयोग गरेर रुसी सामरिक आणविक हतियारहरू सहितको पारस्परिक रक्षा दायित्वहरू रेखांकित गरेको छ।

मस्कोले सामूहिक विनाशका हतियारहरू वा परम्परागत हतियारहरूको सम्भावित आक्रमणको प्रतिक्रियामा परमाणु हतियारहरू प्रयोग गर्ने अधिकार सुरक्षित राखेको बेलारुसका नेताले बताएका छन्।

लुकासेन्कोले सुरक्षा ग्यारेन्टी सम्बन्धी अन्तरराज्य सन्धिमा हस्ताक्षर भएसँगै रणनीतिक सहयोग र सैन्य समन्वयको अभूतपूर्व स्तरमा पुगेको बताए। बेलारूसी नेताले नयाँ सम्झौताले दुवै देशको भौगोलिक अखण्डताको रक्षा गर्ने, सार्वभौमसत्ता र स्वतन्त्रताको रक्षा गर्ने र रुस र बेलारुसका नागरिकहरूको लागि शान्ति र सुरक्षाको ग्यारेन्टी गर्ने बताए।

बैठकपछिको पत्रकार सम्मेलनमा पुटिनले रूसको नयाँ ओरेश्निक मध्यवर्ती दूरीको ब्यालेस्टिक मिसाइल प्रणाली अर्को वर्ष बेलारुसमा तैनाथ गर्न सकिने बताए। रुसी राष्ट्रपति युनियन स्टेटको सर्वोच्च राज्य परिषद्को बैठकमा भाग लिन शुक्रवार मिन्स्क पुगेका थिए।

प्रकाशित मिति : आइतबार, मंसिर २३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij