राज्यले रवि लामिछानेमाथि दमन गरिरहेको भन्दै रास्वपाले मानव अधिकार आयोगमा दियो उजुरी

राज्यले रवि लामिछानेमाथि दमन गरिरहेको भन्दै रास्वपाले मानव अधिकार आयोगमा दियो उजुरी

file

काठमाण्डौ ,
थुनामा रहेका पार्टी सभापति रवि लामिछानेमाथि सरकारले मानवअधिकारकै हनन् हुने क्रियाकलाप गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको छ ।

सभापति रवि लामिछानेलाई सरकारले प्रतिशोधपूर्ण व्यवहार र मानवअधिकारको ख्यालै नगरी विभिन्न गतिविधि गरिरहेको भन्दै रास्वपाले मानव अधिकार आयोगमा उजुरी दिएको हो । उजुरीमार्फत रास्वपाले सभापति लामिछानेको जीउ ज्यानको सुरक्षा तथा मानवअधिकारको रक्षा गरी न्याय प्रदान गर्न गराउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई अपील पनि गरेको छ ।

कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले दिएको उजुरीमा प्रहरी अनुसन्धानका लागि भनेर पक्राउ गरे पनि उहाँलाई विभिन्न किसिमले मानसिक यातना दिनुका साथै मानवअधिकारसमेत हनन हुने गरी राज्य संयन्त्रबाट अमानवीय, अपमानजनक तथा गैरन्यायिक व्यवहार हुँदै आएको उल्लेख छ ।

लामिछानेका मौलिक अधिकार सुनिश्चित गर्न, मानवअधिकार हननका घटनाहरुको सत्य तथ्यपूर्ण तथा निष्पक्ष छानबिन गर्न र घटनाका दोषीमाथि कानुन बमोजिम कारवाही गर्न रास्वपाले माग गएको छ । सुतिरहेको अवस्थामा गएको बुधवार रातिको साढे ११ बजे लामिछानेलाई प्रहरीले चितवनबाट पोखरा लगेको थियो ।

यसैगरी लामिछानेको निजी डायरी हिरासतबाटै गायब गरिएको उजुरीमा उल्लेख छ । राज्य संयन्त्रले नै नियोजित रूपमा सञ्चारमाध्यमहरुको प्रयोग गरी लामिछानेलाई अपराधीका रूपमा प्रचारप्रसार र बदनाम गराउने प्रयत्न भइरहेको रास्वपाले आरोप लगाएको छ । सरकारको यो कदम राज्य संयन्त्रको दुरुपयोग गरी एक प्रतिस्पर्धी राजनीतिक दलको नेतालाई विभिन्न बहानामा यातना दिने अमानवीय, अपमानजन तथा गैरन्यायिक चाल र राज्य आतङ्क भएको रास्वपाले उजुरीमा उल्लेख गरेको छ ।

प्रकाशित मिति : आइतबार, मंसिर २३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij