पाकिस्तानलाई ६ विकेटले हराउँदै नेपालको ऐतिहासिक जित

पाकिस्तानलाई ६ विकेटले हराउँदै नेपालको ऐतिहासिक जित

काठमाडौँ ,
१९ वर्षमुनिको महिला एशिया कप क्रिकेटमा नेपालले विजयी शुरुवात गरेको छ। आज भएको आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै नेपालले ऐतिहासिक जित हासिल गरेको हो।

जितसँगै नेपालले २ अंक जोडेको छ। लगातार दोस्रो खेल हारेको पाकिस्तान भने समूह चरणबाटै घर फर्किएको छ। जितका लागि पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले १९ ओभरमा ४ विकेटमात्र गुमाएर भेट्यो। नेपालको जितमा कप्तान पूजा महतोले विस्फोटक ब्याटिङ गरिन् तर अर्धशतक बनाउनबाट चुकिन्। उनले अविजित रहँदै सर्वाधिक ४७ रनको योगदान गरिन् ।

सिमाना केसी १२ रनमा अविजित रहिन्। उपकप्तान सोनी पाख्रिनले १३ रन जोडिन्। साना प्रविनले १० रन तथा सावित्री धामीले ८ रन बनाइन्।

त्यसअघि मलेशियाको बायोमास ओभलमा टस जितेर पहिले ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १०४ रन बनायो। उसका लागि कोमल खानले सर्वाधिक ३८ रनको योगदान गरिन्। महाम अनिषले नटआउट २९ रन जोडिन् भने रबिल फरहानले २३ रन तथा कप्तान जुफिशान अय्याजले १२ रन बनाइन्।

बलिङतर्फ नेपाली कप्तान पूजा महत्तोले २ विकेट हात पारिन्।

प्रकाशित मिति : सोमबार, पुष १ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij