काठमाण्डौ –
पुसको पहिलो दिन शेयर बजार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५१ दशमलव ३७ अङ्कले घटेर दुई हजार ६ सय ३० दशमलव ९१ विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज जानकी फाइनान्स कम्पनीको शेयर सबैभन्दा धेरै साढे नौ प्रतिशतले घटेको छ । नेप्से उच्च अङ्कले घटेको दिन कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
आज तीन सय चार वटा कम्पनीका एक करोड २७ लाख कित्ता शेयर पाँच अर्ब ९३ करोड रुपैयाँमा कारोबार भएको छन् । आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको २६ करोड रुपैयाँको शेयर किनबेच भयो ।
प्रकाशित मिति : सोमबार, पुष १ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्