मीनबहादुर गुरुङले एमालेलाई दानमा दिएको जग्गाविरुद्ध परेको रिट सर्वोच्चद्वारा खारेज

मीनबहादुर गुरुङले एमालेलाई दानमा दिएको जग्गाविरुद्ध परेको रिट सर्वोच्चद्वारा खारेज

काठमाण्डाै –

व्यवसायी मीनबहादुर गुरुङले सत्तारूढ नेकपा एमालेलाई दानमा जग्गा दिएको र एमालेले लिएको विषयमा परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

न्यायाधीश अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले आज रिट खारेज गरिदिएको हो । रिट खारेज भएसँगै एमालेलाई दानको जग्गामा पार्टी कार्यालयको भवन बनाउने काम अघि बढाउन बाटो खुलेको छ ।

यसअघि गएको कात्तिक १२ गते रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले रिटमाथि सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरी छलफलका लागि दुवै पक्षलाई बोलाएको थियो ।

भाटभटेनी सुपर मार्केटका सञ्चालक एवम् व्यवसायी गुरुङ दम्पतीले एमालेको केन्द्रीय कार्यालय भवन बनाउन जग्गा दान दिएपछि अधिवक्ता ज्ञानबहादुर बस्नेतले जग्गा दान र भवन निर्माण रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

मीनबहादुर गुरुङ र उहाँकी श्रीमती सावित्री गुरुङले काठमाण्डौको कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरमा रहेको जग्गा एमालेलाई दानका रूपमा दिनुभएको थियो । गएको असोज २५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको केन्द्रीय कार्यालय भवनको शिलान्याससमेत गरिसक्नुभएको थियो । जग्गा दानमा लिएको विषयमा आलोचना हुँदै आएको थियो । एमालेका केही नेता तथा कार्यकर्ताले पनि विरोध गरेका थिए ।

सर्वोच्चले रिट खारेज गरेपछि एमालेलाई कानूनी रूपमा जग्गा ग्रहण गर्न र भवन बनाउन बाटो खुलेको छ ।

प्रकाशित मिति : सोमबार, पुष १ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij