बढ्दो असुरक्षित गर्भपतन संगै बढे स्वास्थ्य जटिलताहरु

बढ्दो असुरक्षित गर्भपतन संगै बढे स्वास्थ्य जटिलताहरु

तिलोत्तमा-प्रजनन् स्वास्थ्य वा अधिकारको बारेमा चर्चा गर्दा गर्भपतनको अधिकारको चर्चा गरेर मात्र पुग्दैन । भ्रुणको जन्मन पाउने अधिकारको पनि चर्चा गर्नु आबश्यक छ । आजभोली महिलाको गर्भपतनको अधिकार बिरुद्ध भ्रुणको जन्मन पाउने अधिकारलाई लिने गरिन्छ । कतिपय समाजशाश्त्रिहरुले गर्भपतन गर्न नहुने तर्क गरेका छन् किनकी यसले भ्रुणको जन्मन पाउने अधिकारको हनन गर्छ तर पनि नजन्मेकालाई भन्दा जन्मीसकेकालाई प्राथमिकता पाउनु पर्नेमा धेरैको सहमति छ । त्यसैले गर्भपतन महिलाको अधिकारलाई व्यवस्थित गर्नुपर्ने र गर्भपतनकालागि केही निश्चित शर्तहरु तोकिएको छ ।
गर्भपतनले कानुनी मान्यता प्राप्त गरेपछि गर्भपतनको आरोपमा कारबाहिमा परेका महिला कैदीहरुलाई छुटकारा दिइसकेको छ । अधिबक्ता मिना पाण्डे पन्तका अनुसार २०५८ साल फागुन देखि मुलुकी ऐनको ११ औं संशोधनले गर्भपतन गराउने मान्यता पाएको हो । पछि मुलुकी अपराध संहिता २०७४ सजाय निर्धारण तथा कार्यान्वयन ऐनले गर्भपतन सम्बन्धि महिलाको अधिकारलाई निम्न शर्तका आधारमा गर्भपतन गर्न पाइने गराइएको छ ।

१. प्रकृया अपनाई योग्यता पुगेका अनुभवी डाक्टरबाट महिलाको इच्छा वा मञ्जुरीले १२ हप्ता सम्मको गर्भ
२. जबरजस्ती करणी , हाडनाता करणी भएमा १८ हप्ता सम्मको गर्भ
३. स्वास्थ्यको कारणबाट गर्भ भित्रको बच्चा विकलांग भएमा वा बच्चाको कारणले आमाको स्वास्थ्यमा खतरा आउने स्थिति भएमा जुनसुकै अबस्थाको गर्भलाई फाल्न सकिने कानुनी मान्यता एवं शर्तका रुपमा रहेको छ ।
तर,
महिलाले नचाहीकननै गर्भ रहन गएमा वा जर्वजस्ती महिलाको इच्छा विपरित जुनसुकै अबस्थामा पनि गर्भ पतन गराउने कोशिस गरेमा वा गराएमा गर्भपतन गर्ने वा गराउनेलाई निम्न बमोजिमको कार्वाही हुन सक्ने छ , जस्तै ः १२ हप्ता सम्मको गर्भ पहिचान गरेमा ६ महिना कैद सजाय हुने , तथा गर्भ पहिचान गरी गर्भपतन गराएमा १ बर्ष कैद सजाय तोकेको छ । यसैगरि २५ हप्ता सम्मको गर्भपतन गराएमा दश हजार जरिवाना साथै ३ बर्ष कैद सजाय तोकेको छ । यस्तै २५ हप्ता भन्दा माथिको गर्भपतन गराएमा ५० हजार जरिवाना र ५ बर्ष कैद सजाय तोकिएको छ ।
तथा, करकाप, प्रलोभनमा पारेर गर्भपतन गर्न लगाउनेलाई माथिकै अनुसारको कार्वाही गरिने मुलुकी ऐनको एघारौं शंसोधनमा उल्लेख गरिएको छ ।

यसबाहेक १२ हप्ता भन्दा माथि भ्रुणले पूर्ण रुप लिन थालेको हुने भएकाले गर्भ पतन गराएमा भ्रुण हत्या भएको मानिने कानुनमा उल्लेख गरिएको छ । यसैगरि भ्रुण लिंग पहिचान गराएर पतन गराउने उद्धेश्यले यदी गर्भपतन गराएमा ३ देखि ६ महिना सम्मको कैद हुने ब्यवस्था छ भने लिंग पहिचान गरी गर्भपतन गराउने वा गर्नेलाई ६ महिना देखि २ बर्ष सम्मको कैदको ब्यवस्था छ ।
कानुनले महिलाका केही देखावटी अधिकारका रुपमा मात्र लागु गरेको माथिको कार्वाहिको ढाँचाबाट थाहा हुन्छ । यस्तो किसिमको फितलो कानुनले महिलालाई अधिकारका नाममा यातना भोग्न बाध्य पारेको छ । अधिबक्ता पाण्डे अहिले पछिल्लो समयमा गर्भपतन सम्बन्धि मुद्धा नगन्य मात्रामा आउने गरेको बताउनुहुन्छ । शब्दमा मात्र सजायका शब्दावली राखिएको छ । दण्डहिनतालाई कानुनले नै प्रशय दिएको छ ।
गर्भ धारण वा गर्भपतन महिलाको अधिकार भएको स्त्री रोग बिशेषज्ञ डा.बर्षा पौडेलको धारणा छ । पौडेलका अनुसार विश्वमा मातृमृत्यूदर बढि हुने मुलुकमा नेपाल पनि अग्रणी स्थानमा रहेको छ भने मातृमृत्युदर बढ्नुमा असुरक्षित गर्भपतन नै मुख्य कारण रहेको छ । डा.का अनुसार प्रत्येक १०० जना महिला मध्ये २ जना महिला असुरक्षित गर्भपतनका कारणले ज्यान गुमाउने गरेको पाईएको छ । यदी गर्भवती महिलाले गर्भ पतन गराउन चाहेमा वा असुरक्षित गर्भ धारण भएको थाहा भएमा १२ हप्ता भित्रको गर्भलाई महिलाले चाहेमा वा महिला १६ बर्ष भन्दा माथिको महिला भएमा साक्षि नचाहिने वा १६ वर्ष भन्दा तलका युवतीको हकमा साक्षिको आवश्यकता पर्ने व्यवस्था रहेको छ ।
कानुनी मान्यता प्राप्त नभएको अवस्थामा के कतिले असुरक्षित गर्भपतन गराए भन्ने कुनै तथ्यांक छैन । महिलाको बच्चा जन्माउने वा नजन्माउने भन्ने अधिकारको मान्यता पाएको ३ वर्षको अबधिमा २ लाख भन्दा बढि महिलाले सुरक्षित तरिकाले गर्भपतन गराएका थिए । सुरक्षित गर्भपतनका लागि बिभिन्न स्थानमा अस्पताल,नर्सिंग होम,मेरी स्टोभ सेन्टर,परिवार नियोजन संघ लगाएत सरकार बाट सुरक्षित गर्भपतन गराउन मान्यता प्राप्त मेडिकल वा अनुभवी डाक्टरहरु रहेका छन् ।
गर्भपतन परिवार नियोजनको साधन भने होइन, बरु गर्भपतन गराउने समयमा महिलाको पाठेघरको जाँचको साथै परिवार नियोजनका स्थायी तथा अस्थाई साधन प्रयोगमा जोड दिने , परिवार नियोजनका साधनका प्रयोगलाई प्राथमिकता दिने उद्धेश्यले गर्भपतनलाई रोक्नु हो । जसका कारण महिलाले नचाहँदा नचाहँदै गर्भ रहन नपाओस् भनेर क्याक सेवा पनि उपलब्ध गराउदै आएको डा. बर्षा ले बताउनु भयो ।
त्यसैले महिलाको प्रजनन् स्वास्थ्य र अधिकारलाई नियालेर हेर्दा बच्चा जन्माउने वा नजन्माउने भन्ने अधिकार पूर्ण रुपमा महिलामा भएकाले साधन र श्रोतको उचित प्रयोग गरि स्वस्थ जिवन व्यथित गर्नु पर्ने हुन्छ । पछिल्लो समय गर्भपतन गराउने कारणहरु पनि फेरिएको गर्भमा रहेको बच्चा बिकलांग हुने दर बढेको उहाँले बताउनु भयो । साथै परिवार नियोजन नगर्ने बानिका कारण पनि अनावश्यक गर्भ रहन जानाले पनि गर्भपतन गर्नेको संख्यामा बृद्धि हुने गरेको छ ।
२०५८ साल फागुन महिना देखी मुलुकी ऐनको ११ औं संशोधनले गर्भपतन गर्न कानुनी मान्यता पाएको हो । यसै सन्र्दभमा रुपन्देही जिल्लाका लुम्बिनी प्रादेशिक अस्पताल,नर्सिंग होम,मेरी स्टोभ सेन्टर,परिवार नियोजन संघ लगाएतका स्थानमा सुरक्षित गर्भपतन गराउने मान्यता प्राप्त गरेको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका जनस्वास्थ्य कार्यालय का बरिष्ठ तथ्यांक अधिकृत ओम प्रसाद गुप्ता ले जानकारी गराउनु भयो ।
यस समय सम्म आइपुग्दा यस वर्षको साउन महिना ४ महिनाको अबधि सम्ममा १ हजार २ सय ४४ जना महिलाले सुरक्षित गर्भपतन गराइसकेको पुष्टी जनस्वास्थ्य कार्यालयको तथ्यांक विभागले दिएको तथ्यांकबाट पुष्टी भएको छ ।
साथै २०८०, ८१ मा ४ हजार ८ सय ९ जनाले सुरक्षित गर्भपतन गराएका छन् । २०८१, ८२ को चार महिनाको अबधिमा १२४४ जनाले गर्भपतन गराएका र त्यस मध्ये रुपन्देही जिल्लामा सबै भन्दा धेरै गर्भपतन गराउने पालिकामा बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिका रहेका गुप्ताले जानकारी गराउनु भयो । बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिका मा सबै भन्दा धेरै संख्यामा गर्भपतन गराउने गरेको तथ्यांकले पुष्टी गरेको छ उहाँले भन्नुभयो ।

देवदह नगरपालिकामा गत आर्थिक बर्षमा २३७ जना, बुटवल उपमहानगरपालिकामा २११८ जना , सैनामैना नगरपालिकामा १३० जना, कञ्चन गाँउपालिकामा १३२ जना, गैडहवा गाँउपालिकामा ६४ जना , शुद्धोधन गाँउपालिकामा १३३ जना , सियारी गाँउपालिकामा १०३ जना , तिलोत्तमा नगरपालिकामा २९१ जना , ओमसतिया गाँउपालिकामा ६० जना , रोहिणी गाँउपालिकामा ४५ जना , सिद्धार्थनगर नगरपालिकामा १३७७ जना , मायादेवी गाँउपालिकामा ५० जना , लुम्बिनी सांस्कृतिक नगरपालिकामा २५ जना , कोटहिमाई गाँउपालिकामा गर्भपतनका केस नभएको , सम्मरीमाँई गाँउपालिकामा १५ जना तथा मर्चवारी गाँउपालिकामा २९ जनाले औषधिको सेवन तथा अप्रेशनका माध्यमबाट गर्भपतन गराएको तथ्यांकले देखाएको छ ।

त्यसै गरी यस आर्थिक बर्षको चालु चार महिनामा साउन महिना सम्ममा देवदह नगरपालिकामा ७३ जना, बुटवल उपमहानगरपालिकामा ५३२ जना , सैनामैना नगरपालिकामा ४० जना, कञ्चन गाँउपालिकामा ५५ जना, गैडहवा गाँउपालिकामा २४ जना , शुद्धोधन गाँउपालिकामा १५ जना , सियारी गाँउपालिकामा ३५ जना , तिलोत्तमा नगरपालिकामा ६० जना , ओमसतिया गाँउपालिकामा १३ जना , रोहिणी गाँउपालिकामा ५ जना , सिद्धार्थनगर नगरपालिकामा ३५७ जना , मायादेवी गाँउपालिकामा १० जना , लुम्बिनी सांस्कृतिक नगरपालिकामा ४ जना , कोटहिमाई गाँउपालिकामा गर्भपतनका केस नभएको , सम्मरीमाँई गाँउपालिकामा ११ जना तथा मर्चवारी गाँउपालिकामा १० जनाले औषधिको सेवन तथा औजारको माध्यमबाट गर्भपतन गराएको तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार २० बर्ष माथिको उमेर समुहका महिलाले यो सेवा लिएको पाइन्छ ।

कानुनी मान्यताका आधारमा ८० प्रतिशत महिलाले औषधिको प्रयोगबाट गर्भपतन गराउने गरेका छन् । गर्भपतन गराउनेमा अविवाहित महिलाले आफ्नो ठेगाना सहित पोल खुल्ने डरले नीजि मेडिकलहरुमा जाने गरेको स्वास्थ्य क्षेत्रका जानकारहरु बताउने गर्छन् । पछिल्ला केही घटनाक्रमको स्मरण गदै पौडेल बताउनुहुन्छ कतिपय अवस्थामा पाठेघरमा गर्भ नरहेरै पनि कुनै ट्युमरहरुका कारण पनि महिनावारी नियमित नहुँदा स्वास्थ्य संस्थामा चेक जाँच नगराइकन औषधि सेवन गर्नाले महिलाको मृत्यु समेत भएको छ । विवाहित वा अविवाहित दुवै खालका महिलाहरुले आफ्नो गर्भ परिक्षण गरेर पोजेटिभ देखियो अथवा दुईवटा लाइन देखियो म गर्भवती भएँ भन्नु भन्दा एक पटक भिडियो एक्सरे गरेर आफ्नो गर्भ रहेको वा नरहेको यकिन गर्नु आवश्यक रहेको डा. बर्षाको भनाई रहेको छ ।
असुरक्षित गर्भपतनले महिलाको ज्यान समेत जानसक्ने र स्वास्थ्यमा जोखिम हुने हुँदा सरकारी कानुनी मान्यता प्राप्त आधिकारीक स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन गराउनुपर्ने तथा कहिले काहीँ पाठेघर भन्दा बाहिर पनी बच्चा बसेको खण्डमा जथाभावी औषधिको सेवनले पाठेघरको नली फुट्ने डर हुने उहाँ बताउनुहुन्छ ।

सुरक्षित गर्भपतन गराउने कानुनी मान्यता भएतापनि यसलाई पटक पटक दोहोर्याउनु स्वास्थ्यका दृष्टिले घातक भएको स्त्री रोग बिशेषज्ञ डा. बर्षा पौडेलको धारणा रहेको छ । पटक पटक गर्भपतन गराएमा महिलाको प्रजनन स्वास्थ्य सम्बन्धि समस्या उत्पन्न हुने , पाठेघर पातलिदै जाने पाठेघर फाल्नुपर्ने , जटिल स्वास्थ्य अबस्थाका कारण आईसीयूमा राख्नु पर्ने , तथा कतिपय अवस्थामा महिलाको ज्यान नै जाने पनि हुन सक्ने , पाठेघर खस्ने जस्ता समस्या उत्पन्न हुन सक्छन् । बिवाह पूर्व नै वा एउटा बच्चा नजन्माउदै को समयमा गर्भपतन गराएमा महिलामा बाँझोपन समेत उत्पन्न हुन सक्ने भएका कारण गर्भ रहे नरहेको यकिन गरेर मात्र गर्भपतन गराउनु पर्ने डाक्टर बर्षा पौडेलले बताउनु भयो ।

प्रकाशित मिति : शुक्रबार, पुष ५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij