तिलोत्तमा,
बुटवलमा सम्पन्न प्राईड अफ डान्सको फिनालेमा उत्कृष्ट प्रस्तुति दिदै पिया सारु मगर विजेता बनेकी छिन । न्यु सारथी कला केन्द्र जितगढीको आयोजनामा होटल रेडिसनमा भएको प्रतियोगिताको फाईनलमा १४ अन्य प्रतिस्प्रर्धीहरुलाई पछि पार्दै पिया विजेता घोषित भईन । विजेता सारुले फेसिनो १२५ सिसि स्कुटी र गिफट हेम्पर उपहार पाईन ।
प्रतियोगितामा फष्ट रनरअफ हुदै चिनिङ थापाले डेलको ल्यापटप तथा गिफट हेम्परबाट पुरस्कृत भईन । यसैगरि सेकेण्ड रनर अफ बन्दै युना पुन र रितिका मरसाङीले ४३ ईन्चको स्मार्ट एलईडी टिभी र गिफट हेम्बर पाईन । प्रतियोगितामा साम्राज्ञी हमाल थर्ड रनरअफ हुदै ईलेक्ट्रिक वाटर गिजर र गिफट हेम्परबाट पुरस्कृत भईन ।
एक समारोहका बिच तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वरीदेवी चौधरी, लुम्बिनी बोर्डिङ स्कुलका प्रधानाध्यापक लालहरि पाण्डे, निर्णायकहरु अनु रजक ,मुकेश गुरुङ्ग, पुनम लक्ष्मी मगर, केन्द्रका अध्यक्ष पुनम थापा, कार्यक्रम संयोजक दुर्गा रानाले विजेता, उपविजेताहरुलाई पुरस्कार वितरण गरेका थिए ।
भदौ २२ गतेबाट शुरु भएको प्रतियोगिताको अडिसनमा २५० जना सहभागीमध्येबाट विभिन्न चरण हुँदै फिनालेमा १५ जना प्रतिस्प्रर्धीहरु पुगेको केन्द्रका संचालक पुनम थापाले बताईन । प्रतियोगिताको उपाधिको घोषणा ३० प्रतिशत भोटिङ र ७० निर्णायकको निर्णयबाट विजेता चुनिएका हुन । सहभागीको प्रस्तुति, भाव, श्रृगार, ताल, कोरियोग्राफीलाई मध्येनजर गरि निर्णय लिईएको थियो । फिनालेमा अनु रजक, मुकेश गुरुङ, पुनम लक्ष्मी मगर निर्णायक रहेका थिए ।
दुई दशक देखि रुपन्देहीमा नृत्य सिकाउदै आएको पुनम थापा र दुर्गा रानाले न्यु सारथी कला केन्द्र जितगढीमार्फत नेपाली कला, संस्कृति जगेर्नामा योगदान दिदै आएका छन ।
प्रकाशित मिति : सोमबार, पुष ८ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्