लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियलले डायलासिस गर्ने बिरामीहरूलाई पोषण सामग्री वितरण

लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियलले डायलासिस गर्ने बिरामीहरूलाई पोषण सामग्री वितरण

भैरहवा,
लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियलले डायलासिस गर्ने बिरामीहरूलाई पोषण सामग्री वितरण गरेको छ । क्लबले सिद्धार्थनगर सिटी हस्पिटल लुम्बिनीरोड, भैरहवामा डायलासिस मृगौलाको डायलासिस गरिरहेका बिरामीहरुलाई उक्त सामग्री वितरण गरेको अध्यक्ष खेम बहादुर कार्कीले बताए ।

क्लबका गाईडिङ लायन विनोद खरेलले २४ जनालाई पोषण सामग्री वितरण गरिएको बताए । ‘डायलासिस गरेपछि शरीर शिथिल हुन्छ, पोषण सामग्री आवश्यक हुन्छ । चिकित्सका अनुसार डायलासिसले बिरामीको आयू बढछ । तर, आर्थिक अवस्था कमजोर भएका बिरामीहरुलाई पोषण सामग्री ९डाईट० खरिद गर्न समस्या भएको जानकारी पाएपछि क्लबले केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले यो कार्यको सुरुवात गरेको हो, ’खरेलले भने ।

उनले यो कार्य अघि बढाउनका लागि क्लबले नयाँ खाता सञ्चालनमा ल्याइसकेको समेत जानकारी दिए । ‘बिरामीहरुलाई पोषण सामग्री वर्षभरी उपलब्ध गराउनका लागि सहयोगी हातहरुको आवश्यकता हुन्छ, त्यसका लागि संकलित सतप्रतिशत रकम नै सोही कार्यमा लगाइनेछ, कामको पारदर्शीताका लागि निगरानी हुनेछ, ’उनले भने ।

पोषणकै अभावमा बिरामीलाई समस्या नहोस् भन्ने उद्देश्यले सिद्धार्थनगर सिटी हस्पिटलमा डायलासिस गर्ने बिरामीहरूलाई निःशुल्क पोषण सामग्री प्रदान गरिने उनले जानकारी दिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका डिष्ट्रिक गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्घले लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियलले विशेष गरी स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण काम गरिरहेको बताए । उनले आगामी दिनमा पनि यो कार्यहरुलाई निरन्तरता दिन आग्रह गरे ।

कार्यक्रममा अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर सन्दिप कसौधन, सिद्धार्थनगर सिटी हस्पिटल प्रा।लि।का अध्यक्ष तथा वरिष्ठ मृगौला रोग विशेषज्ञ डा। सुवोध कुमार पाण्डे, लायन्स सिद्धार्थनगर सेन्टिनियलका क्लब एक्सटेन्सन पर्सन नन्दलाल गोयनका, नारायण प्रसाद अग्रवाल, सिद्धार्थनगर सिटी हस्पिटलका प्रबन्ध निर्देशक अर्जुन पौडेल लगायतले भनाइ राखेका थिए ।

कार्यक्रम संयोजक धर्मेन्द्र कुमार चौधरीको स्वागत, लायन्स सिद्धार्थनगर सेन्टिनियलका निवर्तमान अध्यक्ष भोजराज बस्यालको सञ्चालन तथा क्लबका प्रथम उपाध्यक्ष विपिन कुमार साहको अभिवादनमा सम्पन्न कार्यक्रममा सिद्धार्थनगर सिटी हस्पिटल प्रा।लि।का अध्यक्ष डा। सुवोध कुमार पाण्डे र मृगौलारोग विशेषज्ञ डा। कृष्ण कुमार अग्रवाललाई सम्मान गरिएको थियो ।

त्यस्तै कार्यक्रममा सहयोग गर्ने एसियन फार्मास्यूटिकल्स, सिद्धार्थ फार्मास्यूटिकल्स, स्वर्सारा फाउण्डेशन, नारायण प्रसाद अग्रवाल, नन्दलाल गोयनका, मीना पन्थी, हुतानन्द खनाल र लायन्स सिद्धार्थनगर सेन्टिनियलका सम्पूर्ण सदस्यहरुलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : शुक्रबार, पुष १२ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij