स्याङ्जा पत्रकार समाजद्वारा बधाई तथा सम्मान

स्याङ्जा पत्रकार समाजद्वारा बधाई तथा सम्मान

स्याङ्जा पत्रकार समाज नेपालद्वारा नेपाल पत्रकार महासंघको गत मंसिर २८ गते सम्पन्न  निर्वाचनमा रुपन्देहीबाट जिल्ला, प्रदेश र केन्द्रमा विजयी  हुनुभएका पत्रकारहरु तथा सञ्चारिका समूह रुपन्देहीका नवनिर्वाचित पदाधिकारीहरुलाई  बुटवलमा एक कार्यक्रमका बीच  बधाई तथा सम्मान गरिएको छ ।    स्याङ्जा पत्रकार समाज नेपालका अध्यक्ष डा. बालकृष्ण चापागाईंको अध्यक्षतामा भएको  कार्यक्रममा बुटवल उपमहानगरपालिकाका  नगर प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यता  रहेको थियो ।
नगर प्रमुख पाण्डेले नवनिर्वाचित पत्रकार महासंघका पदाधिकारी  तथा सन्चारिका समूहका निर्वाचित जिल्ला नेतृत्वलाई बधाई दिदै पत्रकार समाजको ऐना भएकोले कलम चलाउँदा विशेष ख्याल गर्नुपर्ने बताए ।  उनले  समाज रुपान्तरणका लागि पत्रकारको महत्वपूर्ण भूमिका रहने भन्दै रचनात्मक आलोचना गर्दै   बुटवलको विकासमा हुन नसकेका कामहरु सम्पन्न गर्न  र गराउनका लागि सुझाव र सल्लाह दिन आग्रह गरे ।
 कार्यक्रममा नेपाल पत्रकार महासंघका नवनिर्वाचित केन्द्रीय सदस्य  रामराज पोखरेलले पत्रकारले विधि र नियमको पालना गर्दै  खरो रुपमा कलम चलाउन आवश्यक रहेको बताए ।  त्यस्तैगरी नेपाल पत्रकार महासंघ लुम्बिनी  प्रदेशकी उपाध्यक्ष मीना ढकालले स्याङ्जा पत्रकार समाजले दिएको बधाई तथा सम्मानले आफूलाई गौरवबोध भएको भन्दै यसले श्रमजीवी पत्रकारलाई अझै सशक्त भएर पत्रकारितामा लाग्न उत्प्रेरणा मिलेको बताईन ।
त्यस्तैगरी नेपाल पत्रकार महासंघ रुपन्देहीका नवनिर्वाचित अध्यक्ष दिनेश पाण्डेले परिवर्तित सन्दर्भमा सञ्चार क्षेत्र र पत्रकारहरुको हित,सशक्तिकरण, क्षमता वृद्धि र विकासका लागि निरन्तर लाग्ने बताए । स्याङ्जाली परिवार रुपन्देहीका महासचिव सुदीप न्यौपानेले बोल्दै देशको राजनीतिक परिवर्तनमा पत्रकारको योगदान अतुलनीय भएको बताए ।
समाजका अध्यक्ष डा. बालकृष्ण चापागाईंले स्याङ्जामा  पुरख्यौली थलो तथा जन्म भई स्वदेश तथा विदेशमा छरिएर रहेका पत्रकारहरुलाई संगठित र जागरुक गराउँदै स्याङ्जाको इतिहासको उत्खनन् र संरक्षण, पर्यटन विकासका सम्भावनाहरुको खोजी गरी समृद्धिका लागि योगदान दिने कार्यमा समाजको रचनात्मक भूमिका हुने बताए । उक्त कार्यक्रममा  स्वागत मन्तव्य समाजका उपाध्यक्ष डिल्लीनारायण पाण्डे तथा सञ्चालन स्याङ्जा पत्रकार समाज नेपालका महासचिव प्रकाश डुम्रेले गरेका थिए  ।

प्रकाशित मिति : शुक्रबार, पुष १२ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij